बरुण हाइड्रोपावरले २ करोड ६९ लाख रुपैयाँ नाफा कमायो
![Barun Hydropower Barun Hydropower](https://www.arthikpati.com/wp-content/uploads/2025/02/Barun-Hydropower-1024x627-1024x585.jpg)
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बरुण हाइड्रोपावरले २ करोड ६९ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ७३ लाख ३८ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो । विद्युत् बिक्रीबाट आम्दानी भएसँगै यसको नाफा पनि बढेको हो ।
यसअवधिमा विद्युत् बिक्रीबाट ६ करोड २५ लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पुँजी ५३ करोड ५८ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ०७ पैसा र प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ३९ पैसा छ ।