केयू उपकुलपति छनोटको सर्ट लिस्टमा परे यी १० जना, फागुन २ र ३ मा अन्तर्वार्ता
![Kathmandu-university Kathmandu-university](https://www.arthikpati.com/wp-content/uploads/2025/02/Kathmandu-university-900x500.jpg)
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरेको छ ।
केयूको उपकुलपतिका लागि आवेदन दिएकामध्ये २० जनाको नाम स्वीकृत भएको थियो । जसमा वर्णानुक्रम अनुसार १० जनाको सर्ट लिस्ट आज (सोमबार) सार्वजनिक गरिएको हो ।
छनोट समितिका अनुसार आगामी फागुन २ र ३ गते अन्तर्वार्ता हुनेछ ।
सर्ट लिस्टमा परेका १० जनाबाट ३ जनाको नाम छनोट समितिले कुलपतिसमक्ष सिफारिस गर्ने छ ।
सर्ट लिस्टमा परेकाहरूमा प्राध्यापक डाक्टरहरू अच्युत वाग्ले, कन्हैया झा, जर्नादन लामिछाने, बालचन्द्र लुँइटेल, विभूति रञ्जन झा, वेदमणी दाहाल, भोला थापा, राजेन्द्र प्रसाद कोजु, श्याम नारायण लाभ र सुबोध शर्मा रहेका छन् ।