एभरेष्ट बैंकको नयाँ शाखा बझाङ्गको दुर्गम साईपाल गाउँपालिकामा
![Image Image](https://www.arthikpati.com/wp-content/uploads/2025/02/Image-2-1024x1024-1280x1280.jpg)
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङ्गको उत्तरपूर्व साईपाल गाऊँपालिका वडा नं. १ स्थित धलौनमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीद्वारा औपचारिक रुपमा उद्घाटन गरेका थिए । उक्त समारोहमा साईपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहोरा, एभरेस्ट बैंक लिमिटेड संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य सहभागी थिए ।
प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग ,नेपाल राष्ट्र बैंकका निर्देशक केशव बहादुर के.सी., साईपाल गाउँपालिकाका सबै वडाका वडाअध्यक्षहरु, एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्वल पोख्रेल पनि सहभागी थिए ।
नेपाल सरकार तथा स्थानीय सघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थिति रहेको थियो ।
माघ २८ गतेका दिन औपचारीक रmपमा उद्घाटित यो बैंकको १२९औं शाखा कार्यालय भएको बैंकले जनाएको छ । वित्तीय पहुँच बाट टाढा रहेको साईपाल गाऊँपालिकामा बैंकको यो शाखा कार्यालय संचालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा क वर्गको बाणिज्य बैंकको उपस्थिति रहन गएको छ ।
भौगोलिक तथा पूर्वाधार बिकासकोे हिसाबले पनि अति दुर्गम मानिने मोटर बाटोको समेत पहुँच नभएको ७/८ घण्टाको पैदल यात्रा गरी पुग्न सकिने यो पालिकामा बैंकले शाखा खोलेको बैंकले जनाएको छ । उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको यस शाखाको स्थापनासँगै सङ्घीय राष्ट्रको सम्पुर्ण पालिकामा बंैक पुर्याउने सरकारी लक्ष्यले पुर्णता पाएको बताए ।
साथै अब सानेतिनोे बैकिङ सेवाको लागी पनि सदरमुकाम धाउनुपर्ने साइपाल बासीको बाध्यताको अन्त्य भएको बताए । बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक संख्या रहेका र देशैभरीे १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटिएम छन ।