प्रतिनिधि सभाबाट सुरक्षित कारोबार सम्बन्धी विधेयक पारित
![news_au44sxmlyss news_au44sxmlyss](https://www.arthikpati.com/wp-content/uploads/2025/02/news_au44sxmlyss-1024x585.png)
काठमाडौं । प्रतिनिधि सभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ । आजको बैठकमा उक्त विधेयक सर्वसम्मत पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन् ।
आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभामुख घिमिरेको अनुमतिमा उक्त विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए । उनले यस विधेयक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको सदनलाई जानकारी दिएका थिए ।