त्रिशूली जलविद्युतको अन्य आम्दानी बढ्दा नोक्सानी घट्यो
काठमाडौं । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात, पुसमसान्तसम्म ८० लाख ११ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत वर्षको यसैअवधिमा यो कम्पनी १ करोड ८६ लाख रुपैयाँ घाटामा थियो । गत वर्षको तुलनामा नोक्सानी कम भएको हो ।
अन्य आम्दानी बढेसँगै नोक्सानी कम भएको हो । उक्त आम्दानी ३५ हजारबाट बढेर १ करोड २३ लाख पुगेको छ । यसले हालसम्म विद्युत उत्पादन सुरु गरेको छैन । १ अर्ब ७८ करोड ९१ लाख ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ २२ करोड ६१ लाख रुपैयाँले ऋणात्मक छ । इपीएस ०.४५ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ८७.३६ रुपैयाँ छ ।