सिटिजन लाइफ इन्सुरेन्सको खुद नाफामा उल्लेख्य सुधार
![Citizen Life Insorance Citizen Life Insorance](https://www.arthikpati.com/wp-content/uploads/2025/02/Citizen-Life-Insorance-1024x609-1024x585.jpg)
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सिटिजन लाइफ इन्सुरेन्सले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ८६.७८ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले १२ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यसको लगानी तथा कर्जाबाट हुने आम्दानी वृद्धि हुँदा यसको खुद नाफा बढेको हो । एक वर्षमा लगानी तथा कर्जाबाट हुने आम्दानी २८.३३ प्रतिशतले बढेर ९५ करोड ६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ७४ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
खुद बिमा शुल्क आर्जन २३.६९ प्रतिशतले बढेर ३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा ८३ करोड ८० लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसाले बढेर ११ रुपैयाँ ७३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ८२ पैसा छ ।