किसान संघ मार्फत नै पार्टीको कार्यक्रम गर्ने गरेको थिएँ : अध्यक्ष दाहाल
![Untitled-addressing chairman prachanda Untitled-addressing chairman prachanda](https://www.arthikpati.com/wp-content/uploads/2025/02/Untitled-addressing-chairman-prachanda-800x476.jpg)
धनबहादुर मगर
अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र तेस्रो पूर्ण बैठक राजधानीमा सम्पन्न भएको छ ।
उक्त बैठकका प्रमुख अतिथि तथा नेपाल सरकारका पुर्व प्रधानमन्त्ती पुष्पकमल दाहाल (प्रचण्ड)ले अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) आफ्नो लागि जन्मस्थल जतिकै भएको बताइएको छ ।
उक्त कुरा अखिल नेपाल महासंघ (क्रान्तिकारी केन्द्र)को राजधानीमा सम्पन्न तेस्रो पूर्ण बैठकलाई सम्वोधन गर्ने क्रममा बताइएको हो ।
‘म तत्कालीन अवस्थामा किसान संघ मार्फत नै पार्टीको कार्यक्रम गर्ने गरेको थिएँ ।’ अहिले किसान संघ र कृषिको महत्व घटेको छैन, बरु बढेको छ । तीनै पुस्ताको सहभागीता संगठनमा (थ्री वान) देखिएको छ । पार्टीको दरभंगा प्लेनम डेढ महिना चलेको थियो । विद्यार्थी सम्मेलन पनि त्यस्तै भयो । ज–जसले जिते पनि माओवादीको विद्यार्थी संगठनले जितेको छ । कृषि हाम्रो देशको अर्थतन्त्रको आधार हो, भनेर मैले सरकारसँग प्रष्ट भनेको छु । नीति तथा कार्यक्रम बनाउँदा सूचना तथा सञ्चार प्रविधिलाई पनि जोड्नु पर्छ । २१ औं शताव्दि सूचना र प्रविधिको युग भएकाले सूचना र प्रविधिसँगै अगाडि बढ्नु पर्ने कुरामा जोड दिए ।
अध्यक्ष प्रचण्डले यतिबेला सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटको आआर सही छ । यस पटकको बैठकले समाजवाद उन्मूख अर्थतन्त्रको एजेण्डाहरु लिएको छ । १२३ वटै स्थानीय सरकार हाम्रो नेतृत्वमा छ । त्यसले राम्रो काम गरेको छ । सिद्धान्ततः मूल्य मान्यता कायम गरेको छ । सुशासनको हिसाबले ७५३ वटै पालिका मध्ये राप्ती गाउँपालिका तेस्रो, धादिङ्गको वेनीघाट गाउँपालिका पहिलो, गुल्मीको रुरु गाउँपालिका दोस्रो स्थान आउन सफल भएको छ । तिनैवटा पालिकाको सरकार माओवादी पार्टीले नेतृत्व गरेको र सुशासनको आधारमा पनि अब्बल बन्न सफल भएको अध्यक्ष प्रचण्डले बताए ।
फागुन ९ गते १२३ वटै पालिका प्रमुख र उप–प्रमुखसँग बसेर १२३ वटै सरकारलाई राम्रो काम गर्ने आधार तयार गर्न थप निर्देशन सहित अगाडि बढ्ने छौं । मलाई विश्वास छ तपाइहरुको ठूलो भुमिका हुन्छ । कृषिको माध्यमबाट स्थानीय तहमा समाजवादको आधार तयार गर्ने अवसर आएको बताउँदै पार्टीले राम्रो काम गर्दा काँग्रेस एमाले आतिएर सरकार ढाल्ने तिर लागेको बताए ।
अध्यक्ष प्रचण्डले फागुन १२ देखि हुलाकी राजमार्ग तराई, मध्यपहाडी लोकमार्ग पहाड र हिमाली राजमार्गमा पार्टीको अभियान लिएर निस्कने बताए । पूर्वबाट पश्चिम, पश्चिमबाट पूर्व अन्तमा काठमाडौंंमा विशाल जनसभा गरिने बताएको छ । प्रचण्डले भने अभियान सम्पूर्ण जाति–जाति, भाषा–भाषी, वर्ग, समुदायको सहभागीतामा हुने छ । अब माओवादीले नेतृत्व दिन सक्छ । माओवादी पहिले जस्तो होइन, फेरि एकचोटी माओवादीलाई अवसर आएको छ । माओवादीले लिएको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिवद्धता, सुशासन कायम गर्ने र भ्रष्टाचार विरुद्ध थालनी गरेको अभियानका कारण काँग्रेस र एमाले आत्तिएको छ ।
आउँदो २०८४ मा १ नम्बर हुने मलाई पूर्ण विश्वास छ । सामाजिक सुरक्षा, भ्रष्टाचार उन्मूलन, आर्थिक संकट समाधान गर्ने योजना बनाएका छौंं । हामीले मात्र होइन साझा निकायले समेत स्पष्ट गरेको छ ।
![](https://www.enepalese.com/wp-content/uploads/2025/02/Untitled-addressing-chairman-prachanda1.jpg)
घाइते, वेपत्ता, गरिव परिवारसँग घनिष्ट सम्बन्ध बनाऔं पार्टीको मूल स्पिरिटको योजना बनाउनु होला । नयाँ सफलता हेर्न चाहन्छु । ‘मलाई हेर्नु होला, म दिनरात काम गरिरहेको छु ।’ ६ महिनामा भित्र पार्टी अर्कै उचाई पुग्छ ।
पार्टीका किसान फ्याक्सन इन्चार्ज सुनिल कुमार मानन्धरले किसान महासंघको भुमिका बढ्दै गएको बताउँदै किसान मजदुर सुकुम्वासी, दलित, वर्गको मुक्तिको लागि पार्टीले गरेको अभियानले स्थापित हुने बताए । हाम्रो पार्टी सरकारबाट खोसिनुमा, माओवादी केन्द्र १ नम्बरको पार्टीमा बदलिने संकेत देखिएको छ । अध्यक्ष प्रचण्डले भनेजस्तै पार्टी आफ्नो वर्गमा फर्कनु पार्टी बलियो हुनु हो ।
२०१५ सालको आम निर्वाचनमा पाल्पा, रौटहत र काठमाडौँ गरि ४ स्थान मध्ये दुई स्थान जित्ने किसान नेता थिए । जतिबेला एककीृत कम्युनिष्ट पार्टीले ४ सिट जितेका थिए । जुन पुस्ता हाम्रो किसान महासंघसँग जोडिनु झन् अर्को महत्वपूर्ण विषय भएको मानन्धरले बताए । मानन्धरले पुर्वपश्चिम जोड्ने पार्टीको ६ महिने अभियानले पार्टीलाई थप उचाईमा पु¥याउने बताउँदै किसान संगठनको महत्व अझ बढ्दै गएको विचार व्यक्त गर्नु भएको थियो ।
बैठकमा २०१५ सालको आम चुनावमा रौटहतबाट निर्वाचित हरदयाल महतोका नाति आनन्द कुमार महतो तथा २०१५ सालकै आम निर्वाचनमा निर्वाचित रौटहतकै किसान नेता शेख फरमानको छोरो शेख नासिरलाई अध्यक्ष प्रचण्डले दोसल्ला ओढाई सम्मान, महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठ र पार्टीका फ्याक्सन इन्चार्ज मानन्धरले विधान, प्रदान गरि सम्मान गरेका थिए ।
संविधानसभा सदस्या तथा राष्ट्रिय किसान आयोगका पूर्व अध्यक्ष, नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै किसानको अधिकारका लागि कृषि उत्पादन र कृषि विकासका लागि एकतावद्ध भएर कृषि क्रान्ति अगाडि बढाउनु विकल्न नरहेको बताए ।
श्रेष्ठले देशको अर्थतन्त्र पनि कृषिमै आधारित भएकाले देशभर कृषि क्षेत्रको उत्पादनमा आवद्ध हुन आवश्यक रहेको निर्देशन बैठकमा दिए । राष्ट्रिय भूमिलाई राज्यको नबनाएसम्म देशको कृषि उत्पादन प्रणाली अगाडि बढ्न नसक्ने बताउँदै राज्यले भूमिलाई राष्ट्रियकरण गरेर कृषि गर्ने सुनिश्चितता गर्नु पर्ने कुरामा जोड दिए ।
बैठकममा उपत्यका विशेष समितिका संयोजक तथा महासंघका सचिव शिवहरि खनाल, प्रदेश नंम्बर १ का संयोजक घनश्याम थापा, प्रदेश ं२ मधेश प्रदेशका संयोजक रामकुमारी महतो, बागमती प्रदेशका संयोजक रामप्रसाद दाहाल, गण्डकी प्रदेशका संयोजक ऋषिराम भुसाल, लुम्विनी प्रदेशका संयोजक रामप्रसाद केवट अन्सारी, कर्णाली प्रदेशका संयोजक नयाराम थापा, सुदुरपश्चिम प्रदेशका संयोजक अमर बोहरा लगायतले बैठकमा रिपोटिङ्ग राखेका थिए ।
हालै अध्यादेशबाट ल्याएको भूमि ऐन २०८१, सामाजिक सञ्जाल नियमन गर्न ल्याएको विधेयक प्रति सरकारको कडा भत्सर्ना गरेको छ ।
बैठकले किसानको पक्षमा विभिन्न प्रस्तावहरू पारित गर्दै कार्यसमिति तथा पदाधिकारीहरुको थपघट, महासंघ सदस्यहरुको मृत्यु, आफन्तजनको मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली, शोक सन्तप्त परिवारजन प्रति सहानुभूति तथा शोक प्रस्ताव पारित गरेका थिए ।
बैठकमा प्यालेष्टाइन भूमिबाट प्यालेष्टाइन जनतालाई अन्यत्रा विस्थापन गर्न रचेको षद्यन्त्र प्रति खेद व्यक्त गरेका छन् ।
बैठकले ९ सदस्य केन्द्रीयस्तरको सुचना तथा सञ्चारका प्रविधि समिति गठन गरेको छ ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का महासचिव, अन्तर्राष्ट्रिय किसान अधिकार मञ्च (एशिया प्यासिफिक)का उपाध्यक्ष तथा राष्ट्रिय भूमि आयोगका पुर्व उपाध्यक्ष नहेन्द्र खड्काले कायक्रमको संयोजन गरेका थिए ।