रोयल इनफिल्ड महाराइड : जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा
![Clipboard04 Clipboard04](https://www.arthikpati.com/wp-content/uploads/2025/02/Clipboard04-3-624x416.jpg)
काठमाडौं । रोयल इनफिल्ड प्रेमीहरूको लागि एउटा विशेष उत्सवको रूपमा रोयल इनफिल्ड महा राइड सम्पन्न गरिएको छ ।
एतिहासिक राईड, जनकपुरस्थित रोयल इनफिल्ड शोरुमबाट सुरु भएको यो यात्रा सिन्धुलीसम्म पुर्याइएको थियो ।
राइडको मुख्य उद्देश्य सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवद्र्धन, अनुशासित राईड, भातृत्व बिकास र रोयल इनफिल्ड समुदायलाई सुदृढ बनाउने भनिएको छ ।
जनकपुरबाट सुरु भएको यो यात्रा बर्दिबासमा छोटो बिश्राम गर्दै थप राइडरहरूलाई समेट्ने गरी योजनाबद्ध गरिएको थियो ।
बर्दिबासस्थित रोयल इनफिल्ड शोरुममा थप १० जना राइडरहरू सहभागी भएपछि राइड अझ भव्य एंवम् बिशाल हुन पुग्यो । थप राईडरहरू सहभागी भएपछि राइड संख्या ६१ भएको थियो ।
कार्यक्रमको औपचारिक उद्धाटन प्रमुख अतिथि मधेश प्रदेश यातायात मन्त्रालयका सचिव रन्जित यादवले गरेका थिए । साथै कार्यक्रमको झण्डोत्तोलन अल्फा अटोमोटिभका निर्देशक मेघराज पैडेल, नेशनल कार्ट हेड दिपेश श्रेष्ठ र नारायणी मोटर्सका निर्देशक अभिषेक गोयन्काद्वारा गरिएको थियो ।
सचिव रन्जित यादवले सडक सुरक्षाबारे महत्वपूर्ण विचारहरू प्रस्तुत गरेका थिए ।
यातायात मन्त्रालयका सचिव रन्जित यादव लगायत अन्य अतिथिहरूले सुरक्षित राइडिङ संस्कृति र यस्तो कार्यक्रमले दिने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए ।
रोड क्याप्टेन बिमल श्रेष्ठको नेतृत्वमा, सम्पूर्ण राइडरहरूले अनुशासित रूपमा यात्रालाई अगाडि बढाएका थिए । ऐतिहासिक जनकपुरधामको जानकी मन्दिरमा परिक्रमा गरी राइडरहरू धार्मिक आस्थासँगै सांस्कृतिक सम्पदाको प्रवद्र्धन पनि गर्न चाहन्थे ।
आयोजकले यात्राको मुख्य उद्देश्य निम्न छन् ।
आन्तरिक पर्यटन प्रवद्र्धन:
“घुमौ मधेश, बुझौँ मधेश’’ क्याम्पियनलाई सफल बनाउन सहयोग पु¥याउने ।
नेपालका सुन्दर गन्तव्यहरू चिनाउने अवसर ।
सडक सुरक्षा प्रोत्साहन : अनुशासित समूहिक राइडिङद्वारा उदाहरण प्रस्तुत गर्नु ।
राइडर समुदाय बलियो बनाउने प्रयास ः समान रुचि भएका व्यक्तिहरूलाई एकिकृत गराउने र भातृत्व बिकास ।
रोयल इनफिल्ड महा राइडले नेपालका मोटरसाइकल प्रेमीहरूलाई एकसूत्रमा बाँध्दै, सुरक्षित र रोमाञ्चक यात्राको उदाहरण प्रस्तुत गरेको छ ।