सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमाको शुभारम्भ
![1 (1) 1 (1)](https://www.arthikpati.com/wp-content/uploads/2025/02/1-1-1-1024x683-1000x667.jpg)
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सेवाको प्रारम्भ गरेको छ । इनड्राइभ नेपालका प्रयोगकर्ताहरुलाई छिटो र छरितो तरीकाबाट बिमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई इनड्राइभ नेपाल प्रयोगकर्ताहरुको सहज, सरल माध्यमबाट बीमासेवा उपलब्ध गराउने उद्देश्यले आज एक कार्यक्रमको आयोजना गरी प्रारम्भ गरेको छ ।
उक्त इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको बिमा सेवाको लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री चंकी क्षेत्री र इनड्राइभ नेपालका तर्फबाट निर्देशक श्री रिता पोखरेल सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त बिमा सेवाबाट दुर्घटनाका कारणले चालक तथा यात्रुहरुको मृत्यु भएमा रु. ८ लाख, पूर्ण स्थायी अशक्तता भएमा रु. ८ लाख एवं दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा रु. ८० हजार रकम भुक्तानी गर्नेछ, भने नाबालिक यात्रुहरुको हकमा क्षतिपूर्ती रकमको ५० प्रतिशत खर्च पाउने गरी बीमालेखमा रक्षावरण गरिएको छ ।
साथै, बीमितले बिमा गरेको रक्षावरण गरिएको क्षति भएमा सो वापतको रकम कम्पनीको दाबी विभाग मार्फत दाबी गरि लिन सक्नेछन् । उक्त बीमालेख जारी गरिएबाट राइडर तथा इनड्राइभ प्रयोगकर्ताहरुले सरल र सहज रुपमा यात्रा गर्न सक्ने कम्पनीले विश्वास लिएको छ । उक्त बिमा सेवाबाट समग्र बिमा क्षेत्रमा नै सकारात्मक सन्देश प्रवाह हुने इनडाइभ प्रयोगकर्ताहरु आफनो गन्तव्य सम्म पुग्नको लागि सुरक्षित यात्राको महसुस गर्नेछन् ।
यसका साथै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड निर्जीवन बिमा क्षेत्रमा एक उत्कृष्ट बिमा कम्पनीको रुपमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढेको जानकारी गराउदछ ।