मंत्री दहालद्वारा बीपी राजमार्ग निरीक्षण
![Clipboard03 Clipboard03](https://www.arthikpati.com/wp-content/uploads/2025/02/Clipboard03-6-1024x576-1280x720.jpg)
धुलिखेल । भौतिक पूर्वाधार तथा यातायात मंत्री देवेन्द्र दहालले बीपी राजमार्गको क्षतीग्रस्त खण्डमा तुरन्त पुननिर्माणको काम शुरू गर्न निर्देशन दिएका छन् । वर्षायाममा यातायात अवरुद्ध हुन नदीने गरि काम शुरू गर्न उनको निर्देशन छ ।
शनिवार सो राजमार्गको निरीक्षण गरि उहाले उक्त कार्यका लागी श्रोत अभाव हुन नदीने प्रतिबद्धता पनि जनाए ।
यो राजमार्ग देशको पूर्वी भागलाई संघीय राजधानीसंग जोड़ने लाइफलाइन समेत भएकाले एक दिन पनि अवरुद्ध हुन नदिने गरि काम अघी बढ़ाउन सड़क विभाग लाइ उनले निर्देशन दिएका हुन । अनुगममानै रहेका मंत्रालयका सचिव केशवकुमार शर्माले विभागको जनशक्ति र उपकरण समेत तत्काल परिचालन गÞरेर काम शुरू गर्न भने ।
यस्तै सड़क विभागका महानिदेशक रामहरि पोखरेलले अल्पकालिन र दीर्घकालीन तयारी सहित मर्मत र पुननिर्माणको काम थालीने बताए । संघीय सड़क सुपरीबेक्षण तथा अनुगम कार्यालय काठमांडूका प्रमुख शुभराज न्यौपानेले नियमित रूपमा सड़कको अवरोध हटाउने तथा तत्काल गर्नु पर्ने मर्मतको काम भई रहेको जनाएका छन् ।
मंत्री दहाल साहितको टोलीले सूर्यविनायक धुलिखेल सड़कको समेत निरीक्षण गरी कामलाई तीव्रता दिन निर्देशन दिएको छ । त्यस क्रममा आयोजना प्रमुख राजेन्द्र दाशले निर्माणलाई गति दिन नियमित अनुगमन र निगरानी भई रहेको बताए ।
टोलीले बीपी राजमार्गको धुलिखेल देखि नेपालथोक सम्मको निरीक्षण गरेको हो । अनुगमनमा सड़क विभागका उप महानिदेशक अर्जुन अर्याल, सड़क डीभीजन भक्तपुर तथा खालड़ेका प्रमुख तथा प्राविधिक लगायतको सहभागिता रहेको थियो।