माछापुच्छ्रे क्यापिटलसहित तीन संस्थाद्वारा सीता धर्म विद्यालयलाई शैक्षिक सामग्री सहयोग
![Clipboard03 Clipboard03](https://www.arthikpati.com/wp-content/uploads/2025/02/Clipboard03-5-1024x768-1280x960.jpg)
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड, लायन्स क्लब्स अफ काठमाडौं नमस्ते र राष्ट्रिय बीमा संस्थानको संयुक्त आयोजनामा नुवाकोट जिल्लाको तादी गा.पा. वडा नं. ६ चामोट स्थित श्री सीता धर्म आधारभूत विद्यालयका १०४ बालबालिकालाई शैक्षिक सामाग्री, स्कुल व्याग, ट्राक सुट, खेलकुद सामाग्री लगायतका आवश्यक सामाग्री वितरण गरिएको छ।
कार्यक्रममा माछापुच्छ्रे क्यापिटल लिमिटेडका अध्यक्ष विश्वम्भर न्यौपाने र प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार विशेष उपस्थित थिए। विद्यालयका वाल विकास कक्षाबाट कक्षा ८ सम्मका विद्यार्थीहरूले यस अवसरमा शैक्षिक सामाग्री प्राप्त गरे।
माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसरमा माघ महिनाभर रक्तदान, वित्तीय साक्षरता, घरदैलो कार्यक्रम, वृद्धाश्रम तथा अन्य संस्थाहरुलाई सहयोग, र आफ्ना सेवामा छुट लगायतका विभिन्न कार्यक्रमहरूको आयोजना गरी भव्यताका साथ मनाइरहेको छ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो र यसले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, सामूहिक लगानी कोष लगायतका सेवाहरू प्रदान गर्दै आएको छ।