यसरी हुदैछ बाँस सम्मेलन
![Clipboard02 Clipboard02](https://www.arthikpati.com/wp-content/uploads/2025/02/Clipboard02-7-1000x374.jpg)
ललितपुर । प्रथम राष्टिय बाँस सम्मेलनको पूर्व तयारी कार्यक्रम सम्पन्न भएको छ । सम्मेलनका निमित्त प्रत्येक प्रदेशहरुमा पूर्वतयारी कार्यक्रम सम्पन्न गरिएको छ । बाँसबाट प्राप्त हुने वस्तु तथा सेवाको प्रबर्धन तथा बजारीकरण गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउने लक्ष्यका साथ प्रथम राष्टिय बाँस सम्मेलन आयोजना गरिने भएको हो ।
बाँससम्बन्धी अनुसन्धानलाई बढावा दिई बाँसकेन्द्रित रोजगारको सृजना गर्न यस सम्मेलनले मद्दत गर्ने लक्ष्य लिइएको छ । खोटाङ्गको दिक्तेलमा फागुन १५ १६ र १७ गते प्रथम राष्टिय बाँस सम्मेल हुने भएको छ ।
यस सम्मेलनमा सहभागीहरुलाई नेपालमा पाइने बाँसका प्रजातिहरुको विस्तृत जानकारी, उपयोगिता, अर्थतन्त्रमा योगदान र बाँसको व्यवसायिक खेती, उद्यम प्रवर्धन तथा दीगो उपयोगिताको विषयमा सम्बन्धित बिज्ञहरुसँग भेटघाट, यीनका सम्भावना र चुनौतिहरुको विषयमा वृहत् छलफल गरिनेछ । साथै सम्मेलनमा आर्थिक उपार्जनको लागि बाँसलाई बैकल्पिक श्रोतको रुपमा विकास गर्ने र बाँसको व्यवसायीकरण लाभका बारेमा जानकारी हुने गराउने बताउदै पुर्व मन्त्री एवम् आयोजक समितिका अध्यक्ष गणेश शाहले बाँसको दररेट, नक्सापास लगायत बिषयमा सम्बन्धित निकायसँग ठोस पहल गरिने जानकारी दिए ।
सम्मेलनमा के के हुने छन् ?
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसीले बाँस विज्ञहरुको प्रस्तुतीकरण, विभिन्न जिल्लामा बाँसबाट निर्मित सामग्रीहरुको स्टल प्रदर्शन हुने जानकारी दिएका छन् । सम्मेलनमा बाँसबाट निर्मित खेल तथा खानाका विभिन्न गतिविधिहरु हुने जनाएको छ ।
आयोजक समितिले सम्मेलनको पूर्व तयारीका लागि प्रादेशिक कार्यक्रमहरु सम्पन्न गरी थप तयारीमा जुटेको छ । सम्मेलनमा विभिन्न सांस्कृतिक झाँकीहरुको प्रदर्शन गरिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।
नगरप्रमुख भट्टराईका अनुसार सम्मेलनमा ५० वटा सरकारी तथा गैरसरकारी निकाय १०० वन उपभोक्ता समूह ५० विश्वविद्यालय तथा अनुसन्धान केन्द्र, वन विज्ञान विषय अध्ययनरत खोटाँग बाहिरका १०० गरी प्रत्यक्ष रुपमा ३०० देखि ४०० कोे संघ संस्थाको सहभागिता हुनेछ । ४०० भन्दा बढी स्टलहरु रहने छन् । साथै अनलाइनबाट हजारौ शुभचिन्तकहरुले अप्रत्यक्ष रुपमा अवलोकन गर्नेछन् ।
ग्रीन गोल्डको अवधारणा
नयाँ पुस्तालाई प्रकृतिसँग सहअस्तित्व कायम राख्दै वातावरण संरक्षण र दीगो विकासको मूलप्रवाहीकरणमा लैजाने मद्दत गर्ने विश्वास गरिएको छ । पूर्व तयारी कार्य शुभारम्भ गर्दै नेपाल राष्ट बैकका गभर्नर महाप्रसाद अधिकारीले दीगोे अर्थ तन्त्रका लागि ग्रीन इकोनोमीकको अवश्यकता भएको बताए । सम्मेलनले बाँस ग्रीन गोल्डका रुपमा स्थापित भई दीगो अर्थतन्त्रलाई मद्दत गरोस् भन्ने शुभकामना दिए ।
यस सम्मेलनमा सहभागीहरुलाई नेपालमा पाइने बाँसका प्रजातिहरुको विस्तृत जानकारी, उपयोगिता, अर्थतन्त्रमा योगदान र बाँसको व्यवसायिक खेती, उद्यम प्रवर्धन तथा दीगो उपयोगिताको विषयमा सम्बन्धित बिज्ञहरुसँग भेटघाट, सम्भावना र चुनौतिहरुको विषयमा वृहत् छलफल गरिनेछ ।