भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालसँग भारतीय राजदूत श्रीवास्तवको भेट
![Clipboard01 Clipboard01](https://www.arthikpati.com/wp-content/uploads/2025/02/Clipboard01-8-1024x684-1600x1058.jpg)
काठमाडौ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।
भेटमा राजदूत श्रीवास्तवले नेपाल–भारत रेल मार्गका बारेमा कुरा गरे । यस्तै उनले रेल सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिलाई तालिम तथा प्रशिक्षण उपलव्ध गराउन भारत तयार रहेको समेत उल्लेख गरे ।
त्यस क्रममा मन्त्री दाहालले नेपालको रेलवे तथा विकासका अन्य क्षेत्रमा भारतले पु¥याएको योगदानको प्रशंसा गरे । आगामी दिनमा दुई देश विचको सम्वन्ध थप प्रगाढ बन्ने समते उहाँले उल्लेख गरे ।
भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्रालयसँग सरोकार राख्ने विषयमा दुई देशका अधिकारीहरु विच छिटै बैठक बस्ने विश्वास व्यक्त गरे । सो भेटमा रेल विभागका महानिर्देशक अजयकुमार मुल, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका प्रमुख सुशीलबाबु ढकाल, अन्य सहसचिवहरु लगायतका अधिकारीहरु सहभागी रहेका थिए ।