रास्वपा सभापति लामिछानेलाई रिहा गर्न चितवन जिल्ला अदालतको आदेश
![rabi-lamichhane-bhairawaha-696x412 rabi-lamichhane-bhairawaha-696x412](https://www.arthikpati.com/wp-content/uploads/2025/02/rabi-lamichhane-bhairawaha-696x412-1-696x412.jpg)
काठमाडौँ । चितवन जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले आज साहारा सहकारी ठगीमा प्रकरणमा ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनको मुद्दामा सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला सहायक जिल्ला न्यायाधिवक्ताहरु बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए ।
यसैगरी जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ अधिवक्ताहरु गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गरेका थिए ।
त्यस्तै प्रतिवादी रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शुशिलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापा तथा अधिवक्ताहरू रामाचन्द्र देवकोटा र डा नारायणदत्त कंडेलले बहस गरेका थिए ।