नेपाल भारत सम्बन्धमा कला संस्कृतिले समेत ठूलो योगदान गरेको छ: मन्त्री पाण्डे
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पृथ्वी जोगाउनको लागि संतुलनको खोजी गरिनु पर्ने बताएका छन् । बुधबारबाट राजधानीमा सुरु भएको नेपाल भारत रङ्ग महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले सो कुरा बताएका हुन ।
बिकासका नाममा भौतिक बिकासलाई मात्र प्राथमिकता दिँदा पछिल्लो समय पृथ्वीमा विभिन्न समस्या देखिन थालेकोले पृथ्वी जोगाउन संतुलनको खोजी गरिनु पर्ने मन्त्री पाण्डेले बताए ।
उनले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा समेत हिउँ देखिन छोड्नु निकै चिन्ताको विषय भएको बताउन भयो । नयाँ सन्तुलनको खोजी गर्न रङ्गकर्मीहरुले ठूलो योगदान दिन सक्ने उनको भनाइ थियो ।
उनले कलालाई सिमानाले रोक्न नसक्ने वताउँदै नेपाल भारतको सम्बन्धमा कला संस्कृतिले समेत ठुलो योगदान गरेको दावि गरे । महोत्सवमा नेपाल र भारतका जम्मा छवटा नाटक प्रदर्शन गरिने छ ।