उद्यमी भनेका देशका धरोहर हुन्, बैंकहरुले बचाउन भुमिका खेल्नुपर्छः गभर्नर अधिकारी

काठमाडौं । पछिल्लो समयको मूल्यवृद्धि स्थिर रहेको छ । पैतालामा घोचाई खाने ठाउँबाट सबै कुरा आइसकेको छ । धेरै भन्नु पर्दैन बैंकिङ प्रणालीमा कहाँ समस्या छ भन्नेकुरा । फण्डामेण्टल रुपमा राम्रो छौं भनेर हामीले भन्दै आएका छौं । त्यसमा कुनै खालको गिरावट छैन ।
मेजरमेण्ट गर्ने र हेर्ने तरिका फरक छन् । हामीले प्रश्तुत गर्दा पनि नेपाली समाजमा पछिल्लो समय नकारात्मक कुराहरुले प्रसाय पाउँछ । त्यस्ता कुराहरुले बैंकिङ क्षेत्रका साथीहरुलाई बढी असर गर्छ । वित्तीय क्षेत्र भनेको अत्यन्तै संवेदनशिल क्षेत्र हो । कुनै संस्था राम्रो हुँदाहुँदै पनि त्यसको बारेमा गलत कुरा आयो भने त्यो नराम्रो हुनसक्छ । एउटा बैंकको नेट लिक्विडिटी एसेट्स (शुद्ध तरल सम्पती)एकदमै बढी भएको बेलामा हेर्नुभयो भने समग्र बैंकिङ क्षेत्रको ३२ प्रतिशत छ । अब सबै मान्छे लाइन लाग्ने हो भने तिर्न सक्दैन ।
त्यसको एप्लिकेसन कहीँ न कहीँ रहन्छ । यहाँ मिडियाको भुमिका महत्वपूर्ण रहन्छ । कयौं मानिसहरुको बुझाई फरक हुन्छ । हामीले सुन्दै आएका छौं । बैंकहरुले बढी नाफा खाए । बैंकहरु सामन्त भए भन्ने खालका कुराहरु पनि भएका हुन् । तर वास्तविकता के हो भनेर हामीले हेरेका छैनौं । रिटर्न एसेट्स र जनरल इक्विटी कति छ त्यसको भनेर हेरिएको छैन ।
दीर्घकालिन वा दिगोपनका हिसावले बैंकहरुलाई लैजानको लागि न्युनतम नाफा कति चाहिन्छ । बैंकका आन्तरिक समस्याहरु के छन् । ती समस्याहरुलाई हामीले कसरी हेरिदिनुपर्छ । बैंकिङ क्षेत्र कति संवेदनशिल क्षेत्र हो ? कति त्यस्तै मान्छेले बोलिदिने हो भने धेरै जटिल कुराहरु आउन सक्छ । अहिले बोल्ने मान्छेहरु हावादारी भएकाले मात्रै हो ।
अलि जिम्मेवार मान्छेले बैंकको बारेमा नराम्रो कुरा बोलि दियो भने जटिल बन्नसक्ने भएकाले बैकिङ क्षेत्र धेरै संवेदनशिल क्षेत्र हो । मिडियाले कुन विषयलाई बाहिर ल्याउँछ भन्ने कुराले पनि निर्भर गर्छ । घटना र परिघटनाहरु हुन्छन् । अर्थतन्त्रमा उत्तारचढाव हुन्छन् । सधैँ समानान्तर रेखामा अर्थतन्त्र चल्दैन । कुनैपनि देशमा स्थिर अर्थतन्त्र भने पनि विश्वभर एक खालको उत्तारचढाव हुन्छ । त्यसलाई हामीले हेर्नुपर्छ र थेग्नु पनि पर्छ ।
मागमा आएको कमीले अर्थतन्त्रमा शिथिलता
अहिले मुलुकको अर्थतन्त्र स्लो डाउन भएको छ । खासगरी विगत दुई वर्षदेखि एग्रिगेट डिमाण्ड घटेको कारणले अर्थतन्त्र स्लो डाउन भएको हो । बजारको माग बढाउने सिलशिलामा प्रयोग गर्नुपर्ने अधिकांश इस्टुमेण्टहरु प्रयोगमा छन् । ब्याजदर,राष्ट्र बैंकको पोलिसि रेट तल छ । ब्याजदर घटेको अवस्था छ । सिधा हेर्दा यस्तो अवस्थामा उपभोग बढ्नुपर्ने हो ।
उपभोग बढाउन हामीले सकेका छैनौं । त्यसपछिका कयौं कारणहरु होलान् । त्यसलाई केलाएर आर्थिक पत्रकारहरुले ल्याउन सक्नुहुन्छ । यहाँहरुले अनुसन्धानत्मक हिसावले ब्याजदर,पोलिसी रेट पनि तल छ तर उपभोग सोचेअनुसार बढ्न नसक्नुको कारण के हो । हामीले पनि अनुसन्धान गरिरहेका छौं ।
अनुसन्धानत्मक रुपमा रिपोर्टहरु ल्याउन सक्दा समाजलाई फाइदा हुन्छ । राष्ट्र बैंकले लिइरहेको नीतिको सन्र्दभमा सबै बाहिर आइसकेको छ । हामीले विशेष गरी बैंकिङ क्षेत्रको लागि महत्वपूर्ण नीति कन्सुलटेसनको थियो । त्यसको योगदान राम्रो छ ।
चुनौतिपूर्ण काम भएपनि बैंकहरु गाभ्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)को योगदान हाम्रो प्रणालीमा निकै राम्रो छ । उपभोक्ताको सुरक्षाको लागि विगत लामो समयदेखि काम गरिरहेका छौं । त्यसमा पनि राम्रो प्रोग्रेस (प्रगति) भएको छ । त्यो छुट्टै डिभिजन नभएको भए अझ धेरै गुनासाहरु आउनसक्ने थिए । राष्ट्र बैंकले फाइनान्सिङ प्रणालीलाई डिजिटलाइज गर्ने क्रममा पनि प्रशस्त प्रगति गरेका छौं । त्यो पनि राष्ट्र बैंकको प्राथमिकता भित्रै छ । समग्र आर्थिक कुरा हेर्दा पछिल्लो केही महिनामा आयात निर्यात वृद्धि भइरहेको छ ।
आयात र निर्यात दुवैमा वृद्धि
पछिल्लो दुई महिना मंसिर र पुसमा आयात निर्यात राम्रोसँग बढेको छ । एभरेज भन्दा निकै माथि छ । विगत दुई वर्षको एभरेज आयात १ सय ३० अर्ब प्रति महिना हो भने अहिले पुस महिनामा मात्रै १ सय ६१ अर्ब आएको छ । यसभित्र केही न केही गतिविधिहरु बढ्न खाजेको छ ।
निर्यातभित्र पनि क्यापिटल गुड्सहरु आइरहेको छ भने भोलिलाई फिक्स क्यापिटल फर्मेसनमा सहयोग पु¥याउँछ । दीर्घकालिन रुपमा मुलुकको आर्थिक विकासमा सहयोग पुग्छ । केही मात्रामा त्यस्ता खालका वस्तुहरु निर्यात भएको देखिन्छ । पाम आयल र सोयाविन आयलसँग सम्बन्धित वस्तुहरुको निर्यातमा वृद्धि भएकाले पनि निर्यात वृद्धि भएको देखिन्छ ।
बिस्तारै अर्थतन्त्रमा देखिएको स्लो डाउन कम हुँदै जाने आशा गर्नसक्छौं । निर्माण क्षेत्रमा देखिएका समस्या समाधानको लागि मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले हदैसम्म गरेको हो । त्यसले केही राहत निर्माण व्यवसायीहरुलाई भयो तर पनि भुक्तानीको विषय अहिले पनि भइरहेको छ । निर्माण व्यवसायीलाई राज्यले तिर्नुपर्ने र व्यवसायीहरुले दाबी गरेको रकममा ठूलो खाडल देखिन्छ । सरकारले थोरै रकम भुक्तानी गर्नुपर्ने देखाएको छ भने व्यवसायीहरुले धेरै देखाउनुभएको छ । ग्यापको पनि स्पष्ट रुपमा थाहा पाउनसक्छौं । त्यसको विश्लेषण पनि हाम्रो तर्फबाट भएको छ । शेयर पनि गरिरहेका छौं ।
सरकारको खर्च गर्ने संयन्त्रमा जुन खालको कमजोरी छ त्यो अहिलेसम्म पनि कायम छ । आर्थिक वर्षको अन्तिममा खर्च हुने प्रवृत्ति अहिले पनि छ । त्यसको असर समग्र अर्थतन्त्रको प्रणालीमा परिरहेकै हो । त्यसलाई हामीले बढाउन आवश्यक छ । जेठ १५ मा बजेट आउने बनाएको शुरुदेखि नै योजनाहरु स्वीकृत होस् । विकास आयोजनाहरुको काम आर्थिक वर्षको शुरुवातबाट नै होस् भनेर हो ।
खर्च पनि शुरुबाट गर्नसक्ने र कामहरु अगाडि बढी राखुन् भन्ने हिसावले बजेट अगाडि ल्याएको हो । बजेट अगाडि ल्याउने मेकानिजम बनाए पनि मेसिनरीले पूर्णरुपमा काम गर्न सकिरहेको छैन । त्यसमा सुधार गर्न जरुरी छ । त्यसमा सरकार सबै लागेको देखिन्छ । तर पनि व्यवहारिक रुपमा सुधार हुन गाह्रो भएको विषय पनि हो ।
निष्क्रिय कर्जा अनुपात अहिले तेर्सो गतिमा अघि बढ्न खाजेको छ
वाह्य क्षेत्रको विषयमा धेरै मैले भनि राख्नुपर्दैन । क्रमशः मुलुकको शोधानान्तर स्थिति पनि सुधार भएको छ । चालु खाता पनि सुधार भएको छ । सञ्चितिमा पनि सुधार भएको छ । जुन खालको ग्रोथ थियो । त्यसमा थोरै स्लो डाउन भएको पाउनुहुन्छ । घटेको होइन जुन किसिमको वृद्धि थियो । त्यो रेसियो अलिकति फ्ल्याटन हुँदै गएको थियो ।
बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात हिजो जुन हिसावले जसरी ठाडो किसिमले बढिरहेको थियो, त्यो तेर्सो क्रमले अघि बढ्न खोजिरहेको छ । भन्नुको अर्थ, हिजोकै ट्रेण्डमा बाह्य क्षेत्रको वृद्धि भइराख्ने अवस्था र मार्केटमा पनि लिक्विडिटी त्यसैगरी बढेको बढ्यै भएर जाने अवस्था अब छैन । यो अब अलिकति घट्ने स्थिति हामीले देखिरहेका छौँ ।
बैंकहरु रिजिलियण्ट भएकाले सानोतिनो धक्काले छुन सक्दैन
समग्रमा बैंकिङ सिस्टमभित्र परेको रिकभरीको जुन समस्या छ, यसको लागि हामीले मौद्रिक नीतिमार्फत नै एएमसीको लागि कानून बनाउने भनेका छौँ । कानून ड्राफ्टिङको काम भइरहेको छ । हामी आशावादी छौँ, त्यसले खुद निष्क्रिय सम्पती (एनपीए) घटाउनलाई केही न केही सहयोग चाहीँ हुन्छ । पूर्ण रिस्ट्रक्चरिङको काम त्यति सहज छैन ।
हामी सम्पती व्यवस्थापन कम्पनीको मस्यौदाको लागि तयारी गरिरहेका छौँ । यसका लागि हामी कहाँ एउटा कार्यदल छ । यसले केही काम गरिरहेको छ । यो रिकभरीको कुरा धेरै हदसम्म इकोनोमिक स्लोडाउनसँग गाँसिएको छ । यो सुधार हुँदै जाँदा बैंकहरुको एनपीए लेभल सधैँ उँभो नै जान्छ भन्ने होइन, यो सुधार हुन्छ भन्ने आशा छ हामीलाई । त्यो सुधार भइराख्दाखेरि बैंकको प्रोफिक्टाबिलिटी, बैंकहरुको इक्विटी सबै कुराहरूलाई यसले सकारात्मक प्रभाव पार्नेछ । हामीले आशा गरौँ, यसले भोलिका दिनमा सकारात्मक प्रभाव नै पार्नेछ ।
अहिलेसम्म हामीले बैंकिङ सिस्टमभित्र परेको जुन स्ट्रेस हुन्छ वा प्रेसर हो त्यसलाई म्यानेज गरेर हामीले बैंकहरुलाई स्टेबल बनाएका छौँ । चाहे त्यो कन्सोलिडेसन थ्रु होस् वा अरू विभिन्न उपकरणको प्रयोग गरेर रिजिलियन्ट बनाएका छौँ, सानोतिनो धक्काले छुन नसक्ने बनाएका छौँ । त्यो महत्वपूर्ण पाटो हो, त्यसलाई लिएर हामी अघि बढ्नुपर्छ ।
व्यवसायीका व्यावहारिक कठिनाइ बैंकले बुझ्न आवश्यक
अपm्ठ्यारो बेलामा कस्टुमरलाई सघाउने बैंकिङ हो, त्यसपछि अहिले पनि सस्टेन गर्न सकेको छ, रिजिलेण्ट छ, त्यो अर्थमा पनि हाम्रो बैंकिङलाई राम्रै मान्नुपर्छ । यत्ति बेलाको समयमा बैंकिङ कम्युनिटीको रोल आफ्ना कस्टुमरहरुलाई काउन्सिलिङ गर्ने, फ्यासिलेट गर्ने, के भनिदिँदा कस्टुमरलाई सहयोग पुग्छ त्यो गरिदिने गर्नुपर्छ । एउटा कस्टुमर ४० औं, ५० औं वर्षसम्म उद्यमी बनिसकेको मान्छे छ, उसको टेक्निकल्ली तलमाथि भएको आधारमा टेक्नीकल्ली ऊ ब्ल्याकलिस्ट भइदियो भने भोलिपल्टदेखि उसको सारा सबै कुरा बन्द हुन्छ ।
त्यो लोन दिएर बैंकसँग उसले रिलेसन स्ट्याब्लिस भएको कारणले उसले बैंकको सहयोगमा उद्यमी बन्दै बन्दै धेरै काम गरिसक्यो । अहिले आइराख्दा इकोनोमीमा परेको असर वा फाइनान्सियल प्लानिङमा भएको कमजोरीका कारणले उद्यमीबाट बाहिर निस्किने स्थिति आउनसक्छ । यस्तो बेलामा बैंकरको महत्वपूर्ण रोल हुन्छ । होइन मेरो काम त बैंकलाई लोन दिनुथियो, दिएँ अरू काम तपाईंको हो भनियो भने त्यो बेला समस्या हुन्छ ।
हाम्रो व्यवसायहरू कतिपय अवस्थामा योजनाअनुसार काम गर्दैनन्, लोन पाएपछि काम ग¥यो, हिँड्यो गर्ने हुन्छन् । बैंकले अलिकति काउन्सिलिङ गर्ने हो भने त्यो ऋणी बाँच्न सक्छ । उसको फाइनान्सियल म्यानेजमेन्ट हुनसक्छ, उसले फर्दर बिजनेसहरु गर्नसक्छ । त्यस्तो काममा आफ्ना स्टाफहरूलाई अलिकति ओरियन्टेसन गर्ने, फ्यासिलेट गर्न सक्नुहुन्छ जस्तो लाग्छ । त्यसैले फाइनान्सियल भन्दा पनि काउन्सिलङको काम गर्न पनि सहयोग पुग्छ भन्ने लाग्छ ।
नबुझेका मानिसहरुलाई बुझाउन नसक्दा उनीहरुको योजना बिग्रिएको देखिन्छ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा निर्देशिका ल्यायौं । राष्ट्र बैंकले चालु पुँजी कर्जा निर्देशिकाले अब ऋण पाउनु हुँदैन । तपाईंको सकियो भनेर बैंकहरुले भनिदिने गरेको पाइन्छ । ठूलो कारोबार गर्ने व्यवसायीहरु राष्ट्र बैंकमा जानुहुन्छ । ठूला व्यवसायीहरु पनि व्यवसायबाट हात धुनुप¥यो भनेर रुदै आउनुभएको थियो । मैले त्यो बेला भनेको थिएँ । तपाई जतिको व्यवसायी व्यवसायबाट पलायन हुनुभयो भने हामी जस्तो मान्छे पोलिसीमा बस्नुको अर्थ छैन ।
जुन व्यापारीको अहिले पनि ३० अर्बको कारोबार छ । त्यसपछि बैंक बोलेन त्यो विषयमा सहयोग गर्ने भन्यो । उहाँ त्यसपछि म भएको ठाउँमा पाउनुपरेको छैन । उहाँको काम बन्यो । उहाँ व्यापारमा नै हर्नुभयो । इन्टरभेन्सन कहिले कहीँ गर्नुपर्छ । मैले बैंकलाई भनेको पनि छैन । को बैंकर्स हो मलाई थाहा छैन । कुनैपनि कुरामा बैंकका शाखाहरुमा काम गर्नेहरुले पनि वास्तविकतामा आधारित भएर काउन्सेलिङ नगरेको कारणले हाम्रा व्यवसायीहरुले पलायन हुनुभएको छ ।
उद्यमी भनेका देशका धरोहर हुन्,बैंकहरुले बचाउनुपर्छ
एउटा उद्यमी बनाउन कति मेहनत गर्नुपर्छ । म रिटायर्ड भएपछि उद्यमी बन्न सक्दिन । धेरै समय लाग्छ । २० औं वर्ष खारिएको उद्यमी बैंक तथा राष्ट्र बैंकको नीतिले उद्यमबाट बाहिर जान्छ भने मुलुककै लागि घाटा हो । मुलुकको अर्थतन्त्रका लागि घाटा हो ।
त्यसैले यसमा बैंकहरुको पनि भुमिका हुन्छ । बैंकर्सहरुलाई मेरो हार्दिक अनुरोध यसमा लाग्नुस् । राष्ट्र बैंकमा आउने केसहरु क्रोनिक भएर आउने हो । ऋण दिँदा बैंक र ग्राहकको सहमतिमा दिने हो । राष्ट्र बैंक आइपुग्नु पर्दैन । हामीलाई थाहा हुँदैन । सबै कुरा बिग्रिएपछि राष्ट्र बैंकमा आईपुग्ने हो । यस्ता केसहरु तल्लो तहसम्म धेरै होलान् । बैंकहरुले धेरै हिसावले ग्राहकलाई बचाउन सक्नुहुन्छ ।
उद्यमी भनेका देशका धरोधर हुन् । कसैले गलत नियतले तलमाथि दुरुपयोग गर्छ भने त्यसलाई माया गर्नु आवश्यक छैन । तर सही किसिमले काम गरिरहेको मान्छेलाई अलिकति बैंकहरुले सयोग गर्दा त्यो मान्छे र व्यवसाय बाच्न सक्छ । त्यो सहयोग बैंकहरुले गर्नुपर्छ । अहिलेको समयको माग पनि त्यही हो ।
अर्थतन्त्र स्लो डाउनमा राज्यको आर्थिक नीति र मौद्रिक नीतिले फरक–फरक खालको काम गर्नुपर्छ । राज्यले धेरै खर्च गर्नलाई स्रोतको कमी छ । मौद्रिक नीतिले गर्नुपर्ने धेरै काम गरिसकेको छ । माग मैले नबोल्ने ठाउँमा हुन्छ । त्यो मागले उत्पादन गर्दैन । हामीले खाजेको दिशामा लैजाँदैनौं । त्यो व्यवसायहरु राम्रोसँग अगाडि बढुन् । कसैले रोकेर रोकिँदैन ।
(इकोनोमिक मिडिया सोसाइटी नेपालले आईतवार आयोजना गरेको अर्थतन्त्र र वित्तीय क्षेत्रको अवस्था र आगामी दिशाबारे नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले व्यक्त गरेको विचार)