लुम्बिनी सेरामिक्स लिमिटेडले आइपिओ निष्कासन गर्ने
काठमाडौं । लुम्बिनी सेरामिक्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
सो सम्झौतामा लुम्बिनी सेरामिक्सका सञ्चालक श्यामसुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन्।
लुम्बिनी सेरामिक्सले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकामा भएको व्यवस्था बमोजिम नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हाे। कम्पनीले ६ महिनाभित्र आईपीओ निष्काशन गर्ने तयारी गरेकाे छ ।
लामिनार टाईल्स नेपालको पहिलो र एकमात्र सतप्रतिशत भिट्रीफाईड टाईल्स हो जसको उत्पादन लुम्बिनी सेरामिक्स लिमिटेड अन्तर्गत पर्दछ ।
लामिनार टाईल्स् नेपाली उपभोक्ताका लागि अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पुरा गर्ने, विविध विकल्पहरु प्रदान गर्ने र उच्च गुणस्तरको टाईल्सहरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ उत्पादन शुरु गरिएको हो । यसको उत्पादन प्लान्ट बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको छ।