छैटौं डिएभी प्लस टु अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न
काठमाडौं । डिएभी कलेजले आयोजना गरेको छैटौँ डिएभी प्लस टु अन्तर कलेज ६ ए साइड फुटसल प्रतियोगिता सम्पन्न भएको छ । माघ १६ गते संस्थाका अध्यक्ष श्री अनिल केडियाको उपस्थितिमा शुभारम्भ भएको प्रतियोगीतामा विभिन्न टिमबीच प्रतियोगीता भएको थियो ।
कलेजको आफ्नै फुटसल मैदानमा ४० कलेजहरूका सहभागिता रहेको उक्त प्रतियोगितालाई कार्यक्रमका प्रमुख अतिथि केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, त्यस्तै मुख्य अतिथिका रूपमा माननीय युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी तथा राष्ट्रिय खेलकुद परिषदुको सदस्य तथा नाइटेब्गल कलेजका प्रिन्सिपल श्री रन्जना प्रधानले उद्घाटन गरेका थिए ।
उक्त समुद्घाटन कार्यक्रममा अतिथिका रूपमा कृष्ण फाउण्डेशनका उप—प्रमुख सुजित कर्ण, एकल विद्यालय फाउन्डेसनका अध्यक्ष महावीर गिरहिया, शिव शक्ति युनिफर्मका डाइरेक्टर महेश गिरहिया, ग्लोबल टचका नेसनल डाइरेक्टर निशान्त श्रेष्ठ तथा फ्रन्टलाइन हस्पिटलको प्रतिनिधि उपस्थिति थियो । तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिता २ तहकोसबैभन्दा ठुलो धनराशिको प्रतियोगिता भएको दाबी कलेजका प्रिन्सिपल सुमन बस्नेतले गरेका थिए ।
साथै उक्त प्रतियोगिताका विजयी टिमहरूलाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, कलेजका प्रिन्सिपल सुमन बस्नेत, कृष्ण फाउण्डेशनका उप प्रमुख सुजित कर्ण, एकल विद्यालय फाउन्डेसनका अध्यक्ष महावीर गिरहिया तथा ग्लोबल टचका नेसनल डाइरेक्टर निशान्त श्रेष्ठबाट संयुक्त रूपमा प्रमाणपत्र तथा लिल्ड प्रदान गरेका थिए ।
विजेता टिम डिएभी कलेजलाई ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिम ओमेगा कलेजलाई २ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी डिएभी कलेजका भारगव सिलवाल, उत्कृष्ट गोलरक्षक ओमेगा कलेजका रिदम आले मगर र उच्च गोलकर्ता ओमेगा कलेजका योगान्त महर्जन लाई पनि जनही नगद १५,००० रुपैयाँ, व्यक्तिगत ट्रफी र प्रमाणपत्र वितरण गरियो ।