कुमारी बैंकको एजीएम आज
काठमाडौं । कुमारी बैंक लिमिटेडको आज (माघ २१ गते) वार्षिक साधारण सभा बस्दैछ । सभा, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कुनै लाभांश वितरण गर्ने प्रस्ताव छैन ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
सभा प्रयोजनका लागि बैंकले माघ ११ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ १० गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।