सुनरा K5 मिडिया टेस्ट राइड इभेन्ट सफलतापूर्वक सम्पन्न
काठमाडौं । इटालिया मोटरवर्क्स प्रा. लि. द्वारा आयोजित सुनरा K5 स्कुटरको मिडिया टेस्ट राइड इभेन्ट सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रममा ४० भन्दा बढी मिडिया प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। सहभागीहरूले स्कुटरको पावर, प्रदर्शन, र प्राविधिक विशेषताहरूको प्रत्यक्ष अनुभव गरे, जसले यसको गति, सुविधा, र ब्याट्री क्षमतालाई प्रशंसा गरे।
सुनरा K5 मा ४ किलोवाट पिक पावर क्षमताको मोटर जडान गरिएको छ, र यसमा ७२ भोल्ट ३५ एम्पीयर आवरको ग्राफिन ब्याट्री छ जसले ५–६ घण्टामा चार्ज भएर एकपटक चार्ज गर्दा १०० किलोमिटरसम्म यात्रा गर्न सक्छ। यसको एमआरपी रु. १,८९,९०० राखिएको छ।
साथै, इटालिया मोटरवर्क्सले अन्य मोडलहरू जस्तै रोबो–एस र ह्वांक पनि विशेष छुटमा उपलब्ध गराएको छ। रोबो–एस मोडलको एमआरपी रु. ३,७९,९०० छ, जुन अहिले रु. ३,१९,९०० मा उपलब्ध छ। ह्वांक मोडल पनि डबल र सिंगल ब्याट्री विकल्पसहित उपलब्ध छ, जसमा १८०० वाटको मोटर र १३५ किलोमिटरसम्मको यात्रा दूरी प्राप्त गर्न सकिन्छ।
इटालिया मोटरवर्क्सले ग्राहकहरूलाई किफायती र पर्यावरणमैत्री यातायात समाधान दिने प्रतिबद्धता जनाउँदै गुणस्तरीय इलेक्ट्रिक स्कुटर र बेनेली ब्रान्डका मोटरसाइकलहरू नेपाली बजारमा पुर्याइरहेको छ।