सामसङ नेपालले लन्च गर्यो ग्यालेक्सी एस-२५ सिरिज, कति पर्छ मूल्य ?
काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ स्मार्टफोनहरूको प्रि–अर्डर प्रारम्भ भएको घोषणा गरेको छ । सामसङले त्रु एआई कम्प्यानीयन भएको स्मार्टफोनहरू ल्याएको जनाएको छ ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न श्रेष्ठ र मिस नेपाल वल्र्ड २०१६ अश्मी श्रेष्ठले ग्यालेक्सी एस२५ सिरिजको अनावरण गरे ।
ग्यालेक्सी एस२५ सिरिजको साथ ग्यालेक्सी एआईको अर्को चरणमा प्रवेश गरेको जनाइएको छ । त्रु एआई कम्प्यानियनले स्मार्टफोन र संसारसँगको अन्तरक्रिया गर्ने जनाएको छ ।
ग्यालेक्सी एस२५ सिरिजले व्यक्तिगत गोपनीयता सुनिश्चित गर्दै विभिन्न सल्लाह र सुझावहरू दिने सामसङ नेपालका निर्देशक श्रेष्ठले बताए । ग्यालेक्सी एस२५ सिरिज सामसङको दीर्घकालिक दृष्टिकोणको पहिलो कदम भएको उनको दाबी छ ।
एआई एजेन्ट र मल्टिमोडल क्षमताहरूलाई प्रयोगकर्ताको अन्तरक्रिया र प्रत्येक टचप्वाइन्टमा एकीकृत गर्दै नयाँ मोबाइलको अनुभव दिने उनले बताए । यो सिरिजमा कस्टमाइज गरिएको स्न्यापड्रागन ८ एलीट मोबाइल प्लेटफर्मले ग्यालेक्सी एआईको लागि उच्चतम प्रोसेसिंग पावर र ग्यालेक्सीको नेक्स्ट जेन प्रोभिजुअल इन्जिनको साथ उत्तम क्यामेरा रेन्ज रहेको कम्पनीको दाबी छ ।
यालेक्सी एस२५ सिरिज सबैभन्दा सहज नियन्त्रण र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको सामसङको एआई–फस्र्ट प्लेटफर्म वन युआई ७ रहेको पहिलो स्मार्टफोन सिरिज भएको कम्पनीले दाबी गरेको छ ।
यसमा रहेको एआई एजेन्टहरूले टेक्स्ट, स्पीच, इमेज र भिडियोहरू इन्टरप्रेत गरेर न्याचुरल बनाउँने जनाइएको छ । ग्यालेक्सी एस२५ सिरिजको साइड बटन थिचेर जेमिनीलाई एक्टिभेट गर्न सकिने छ । यसले सामसङ र गुगल एपहरूको साथै स्पटिफाई जस्ता तेस्रो–पक्ष एपहरूसँग सहज कनेक्सन गर्ने छ ।
ग्यालेक्सी एस२५ अल्ट्रा अहिलेसम्मकै सबभन्दा पातलो, हलुका र बलियो ग्यालेक्सी एस सिरिजको स्मार्टफोन भएको कम्पनीको दाबी छ । यसमा टिकाउ टाइटेनियम र नयाँ कोर्निंग गोरिल्ला अर्मर २ समावेश गरिएको छ । ग्यालेक्सी एस२५+ र एस२५ का प्रत्येक बाह्य भागमा कम्तीमा एउटा पुनः प्रयोग गरिएको सामग्री समाहित गरिएको छ । पहिलो पटक मेटल फ्रेममा पुनः प्रयोग गरिएको आर्मर एल्युमिनियम प्रयोग गरिएको छ ।
सात जेनेरेसनको ओएस अपग्रेड र सात वर्षको सुरक्षा अपडेटसहित, ग्यालेक्सी एस२५ सिरिजले लामो समयसम्म भरपर्दो रुपमा रहने जनाएको छ ।
ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डर अफर १७ माघदेखि सुरु हुँदैछ । यो फागुन १ गतेसम्म सामसङको अधिकृत स्टोरहरूमा उपलब्ध हुनेछ । प्रि–अर्डर गर्ने ग्राहकहरूले ग्यालेक्सी एस२५ अल्ट्रा खरिद गर्दा १२÷२५६जीबी बाट १२÷५१२जीबी मेमोरी अपग्रेड वा ग्यालेक्सी बड्स३ प्रो छ ।
यसको मूल्य ३१ हजार ९९९ रहेको छ । अफरमा १४ हजार ९९९ मा पाइने छ । साथै ३ हजार ३९९ मूल्य रहेको सिलिकन कभर १ हजार ५०० रुपैयाँमा पाइने छ ।