नेपाली कफीको स्वाद निःशुल्क चाख्ने भए विराट एक्स्पो २०२५ आउनुहाेस्
विराटनगर । नेपालमा कुनकुन जात र कस्तो गुणस्तरको कफी उत्पादन भइरहेको छ । स्वदेशी उत्पादनको मूल्य कति पर्छ अनि त्यसको स्वाद कस्तो होला ? यसवारे जानकारी लिन र निशूल्क स्वाद चाख्न यसका पारखीले विराट एक्स्पो नै पुग्नुपर्ने हुन्छ ।
माघ ११ गतेदेखि विराटनगरको डिग्री क्याम्पस परिसरमा सुरु हुने आठौ सस्करणको विराट एक्स्पोमा मुलुक भरीका कफी उत्पादक तथा व्यवसायीहरु कोशी प्रदेशका कफीका पारखीलाई नेपाली कफीबारे जानकारी दिन र निःशुल्क स्वाद चखाउनैका लागि कुरेर बस्ने छन् ।
उद्योग संगठन मोरङको आयोजनामा सुरु हुने एक्स्पोले नेपाली कफीको स्वाद चखाउन र आन्तरिक बजार प्रवद्धन गर्न ओपन लाटे आर्ट एण्ड डुइनिङ कम्पिडिसनका साथै पब्लिक कपिङ पेभिलियनको व्यवस्था गरिएकाे छ । त्यो पेभिलियनमा मुलुकभरका कफी व्यवसायीहरुले मेशिन र हातवाट कफीमा आर्ट गर्ने कला प्रर्दशनी गर्दैै नेपाली कफीको स्वाद निःशुल्क चखाउने अनि यसको खेती र व्यवसायका लागि उपदेश पनि दिने छन् ।
त्यसको सहजीकरणका लागि विगत सात वर्षदेखि नेपाली कफीको प्रबद्धनको काम गर्दै आएका ओयकप कफीका सस्थापक सञ्चालक अभिनायक मल्ल पेभिलियनमा रहने छन् । विदेशी उत्पादनको तुलनामा नेपाली कफीको गुणस्तर र स्वाद अब्बल छ । तर प्रचार प्रसारको अभावमा स्वदेशी बजार विदेशी कफीले ओगटेको छ । मल्लले भने कोशी प्रदेशका कफी पारखीलाई एक्स्पोमा नेपाली कफीको गुणस्तरको जानकारी दिदै निःशुल्क रुपमा स्वाद पनि चखाइने छ ।
एक्स्पोमा मुलुकभरीका ५० भन्दावढी कफी उत्पादक तथा व्यवसायी आ–आफनो ठाउँमा उत्पादन र प्रशोधन भएको कफी लिएर आउने छन् । मल्लले भने उनीहरुले आ–आफनो कफीको गुणस्तर बताउँदै स्वादपनि निःशुल्क चखाउने छन् । उनले भने नेपाली कफीको अब्बल गुणस्तर र स्वादमा उपलब्ध भएपनि प्रचार प्रसार नहुँदा विदेशी उत्पादनका सामु निरिह हुँदै आएको छ ।