आइएमई पेमारकम प्राप्त गर्दा रु ५०० बोनस

काठमाडौं । विदेशबाट ‘आईएमई पे’ मार्फत नेपाल पठाएको रकम प्राप्त गर्दा ५०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने भएको छ ।
विश्वको जुनकुनै देशबाट आईएमई पे मार्फत नेपाल पठाएको पैसा प्राप्त गर्दा ५०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने आईएमई पे ले जनाएको छ ।
आईएमई पेमा रकम प्राप्त गर्दा १० हजार रुपैयाँसम्ममा ७५ रुपैयाँ बोनस प्राप्त हुनेछ । त्यस्तै, कारोबारको रकम अनुसार ५० हजार, एक लाख र दुई लाखसम्म क्रमशः १००, २०० र ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।
कारोबारमा संलग्न एकजनाले महिनाको दुई पटकसम्म बोनस प्राप्त गर्न सक्नेछन् । यो योजना मार्फत आईएमई पेमा रकम प्राप्त गर्दा बोनस मात्रै नभएर रकम सुरक्षित तवरले घरसम्मै पुग्ने विश्वासको समेत वृद्धि हुने कम्पनीले जनाएको छ ।
विदेशबाट पठाएको रकम आईएमई पे मार्फत प्राप्त गर्दा बोनस प्राप्त गर्न सकिने योजना निकै उपलब्धिमूलक बन्न सक्ने आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिए ।