सगरमाथा लुम्विनी इन्स्योरेन्सले मधेश प्रदेशमा गर्यो न्यानो कम्बल बितरण
काठमाडौँ । सगरमाथा लुम्विनी इन्स्योरेन्स लिमिटेडको मधेस प्रदेशका ८ वटै जिल्लामा न्यानो कम्बल वितरण गर्ने कार्यक्रम रहेको छ। यसै क्रममा, पर्सा जिल्लाको पकाहमैनपुर गाउँपालिका वडा नं. ४ मा ७० जनालाई न्यानो कम्बल वितरण गरिएको हो।
कार्यक्रममा वडा नं.४ का वडा अध्यक्ष भेडी प्रसाद यादव, नेपाल बीमा प्राधिकरण, मधेस प्रदेशका सहायक निर्देशक रोशन महासेठ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेस प्रदेश प्रमुख निशान्त कुमार लामिछाने, शाखा प्रमुख संदिप सिंह ठकुरी, र समाजसेवी अयोध्या प्रसाद चौहान लगायतका प्रमुख व्यक्तिहरूको उपस्थिति थियो।