राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता विभिन्न खेलहरु सम्पन्न
रुपन्देही । रुपन्देहीको देवदहमा संचालित देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८१ अन्र्तगत दोश्रो दिन विभिन्न खेलहरु सम्पन्न भएको छ ।
देवदह नगरपालिकाको आयोजना र केरवानी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिता अन्र्तगत दोश्रो दिन भएको ८ सय छात्रा तर्फ देवदह बुद्ध पव्लिकका सिम्रन पाण्डे प्रथम, देवदह माविका रिताका थापा द्धितिय, जनप्रिय माविका पूर्णिमा चौधरी तृतिय भएका छन् ।
यसैगरी सोही खेलको छात्र तर्फ देवदह बुद्ध पव्लिकका प्रविन राना प्रथम, केरवानी माविका विक्रम बोहोरा द्धितिय, ग्रीन प्लान्ट आवासीय माविका अभिषेक लामिछाने तृतिय भएका छन् । २ सय मिटर छात्रा तर्र्फको दौडमा सिता माविका रोशनी सुनाम प्रथम, देवदह बुद्ध पव्लिकका जस्मिन थापा द्धितिय, न्यू नमुनामाविका कृषिका तिवारी तृतिय भएको छ भने छात्र तर्फको खेलमा केरवानी माविका समीर सारु प्रथम, देवदह बुद्ध पव्लिकका प्रदिप सुनार द्धितिय, सेभेनस्टार बोडिङ्गका ईमरान पठान तृतिय भएका छन् ।
यसैगरी छात्र तर्फ भएको ४ सय मिटर रिले दौडमा देवदह मावि प्रथम, केरवानी मावि द्धितिय, ग्रीन प्लान्ट मावि तृतिय भएको छ भने छात्रा तर्फ भएको खेलमा ग्रीन प्लान्ट मावि प्रथम, देवदह बुद्ध पव्लिक द्धितिय, सगरमाथा आवासीय मावि तृतिय भएका छन् ।
त्यसैगरी छात्रा तर्फ भएको ज्याभलिन थ्रो तर्फ भविश्य निर्माण माविका विना श्रीष प्रथम, देवदह बुद्ध पव्लिकका बिमला मस्राङ्गी द्धितिय, सगरमाथाका विष्णु पोखरेल तृतिय भएका छन् । यसैगरी छात्र तर्फ भएको सोही खेलमा देवदह बुद्ध पव्लिकका यामबहादुर वस्याल प्रथम, न्यू लुम्विनी बोडिङ्गका सन्दिप गुरुङ्ग द्धितिय, जनप्रिय माविका लक्ष्मण आले तृतिय भएका छन् ।
प्रतियोगिता अन्र्तगत छात्र तर्फको ट्रिपल जम्पमा केरवानी माविका हिमान्सु चापागाई प्रथम, खड्क माविका कृष्ण थारु द्धितिय, देवदह माविका चन्द्रबहादुर क्षेत्री तृतिय भएका छन् । यसैगरी छात्रा तर्फ भएको सोही खेलमा सगरमाथाका जस्मिन कुवर प्रथम, न्यू लुम्विनी बोडिङ्गका दिपिका रिजाल द्धितिय, केरवानी माविका आरती सार्की तृतिय भएका छन् ।
त्यसैगरी देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड अन्र्तगत कराते प्रतियोगिता सम्पन्न भएको छ । खेल विभिन्न कातामा भएको खेलमा ३ स्वर्ण, ४ रजत र ३ कास्य प्राप्त गरी देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ । यसैगरी २ स्वर्ण, २ रजत र ५ कास्य प्राप्त गरी सगरमाथा आवासीय विद्यालय द्धितिय भएको छ ।
त्यसैगरी २ स्वर्ण, १ रजत र २ कास्य प्राप्त गरी भविश्य निर्माण मावि तृतिय भएको छ । प्रतियोगिता अन्र्तगत छात्र तथा छात्रा तर्फ कड्डीका विभिन्न खेलहरु सम्पन्न भएको छ । त्यसैगरी छात्र तथा छात्रा भलिवल तर्फ विभिन्न खेलहरु सम्पन्न भएको छ ।
छात्र तर्फको भलिवल खेलमा देवदहका २७ वटा विद्यालय मध्ये २१ वटा विद्यालयको सहभागिता रहेको छ भने छात्रा भलिवल खेलमा १८ वटा विद्यालयको सहभागिता रहेको केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले जानकारी दिए । माघ ३ देखि ५ गते सम्म संचालन हुने प्रतियोगितामा देवदह क्षेत्रमा रहेका २७ वटा विद्यालयका ८४३ खेलाडीहरुले विभिन्न खेलमा प्रतिस्पर्धा गरिरहेको उहाले जानकारी दिए ।