गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ आज आइतबार (माघ ६ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जना सर्वसाधारण आवेदकहरुले सेयर पाएका छन् । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार यो आइपीओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए ।
कुल आवेदनमध्ये ८ हजार ४५२ जनाकोआवेदन रद्द भएको छ । बाँकी १ लाख ८४ हजार ५०० जना सर्वसाधारण आवेदकहरुले सेयर पाएका छन् । लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।
साथै, गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासनमा ल्याएको थियो ।
रेटिङ एजेन्सी केयर नेपालले इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८१ साउन २३ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ साउन २१ गतेसम्म बाहल रहनेछ ।