एमअडब्लू वृद्धिद्वारा विस्तारित दायरा, अतुलनीय गति र आकर्षक शैली भएको डीपल एस०७एलको अनावरण
काठमाडौं । एमएडब्लू वृद्धिले सोल्टी होटेलमा आयोजित एक भव्य समारोहमा आफ्नो अपग्रेड गरिएको र थप शक्तिशाली इलेक्ट्रिक एसयूभी डीपल एस०७एल सार्वजनिक गरेको छ।
नेपालमा ७५० युनिट बिक्रीको प्रभावशाली कोसेढुङ्गा पार गरिसकेको भविष्यमुखी र प्राविधिक रूपमा उन्नत डीपल एस०७ को अभूतपूर्व सफलतामा निर्मित डीपल एस०७एलले उन्नत प्रदर्शन, विस्तारित दायरा र अत्याधुनिक सुविधाहरूका साथ विद्युतीय गतिशीलतालाई पुनः परिभाषित गर्ने वाचा गर्दछ।
चम्किलो अनावरण कार्यक्रम
एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, डीपलका स्टार ब्रान्ड एम्बेसडर र क्यानका सचिव पारस खड्का र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाद्वारा डीपल एस०७एल अनावरण गरिएको थियो। कार्यक्रममा बोल्दै विष्णु अग्रवालले प्रिमियम उत्पादन, उन्नत प्रविधि र उत्कृष्ट आफ्टर सेल्स सेवाहरूमार्फत् ग्राहक अनुभवहरू वृद्धि गर्ने एमएडब्लूको प्रतिबद्धतामा जोड दिए।
‘हामीले ९१ वटा चार्जिङ स्टेशनहरू स्थापना गरेका छौं जुन नेपालको सबैभन्दा ठूलो नेटवर्क हो। यो ईभी स्वामित्वलाई निर्बाध र सुविधाजनक बनाउने एमएडब्लू वृद्धिको प्रतिबद्धताकै एक हिस्सा हो,’ अग्रवालले भने। उनले सवारी साधनप्रतिको विश्वास र सकारात्मक प्रतिक्रियाका लागि ग्राहकहरूलाई धन्यवाद पनि दिए।
विस्तारित दायरा र शक्तिशाली प्रदर्शन
डीपल एस०७एलले १६० किलोवाट रियर-व्हील ड्राइभ मोटरका साथमा ईभी बजारमा नयाँ बेन्चमार्क सेट गर्छ जुन ७९.९ पध्ज को बलियो ब्याट्री प्याकसँग जोडिएको छ। यो पावरहाउस संयोजनले सिंगल चार्जमा असाधारण ४८५ किमि डब्लूएलटीपीको दायरा प्रदान गर्दछ जसले लामो दूरीको यात्रालाई चिन्तामुक्त बनाउँछ। एस०७एलको १८० किमि प्रतिघण्टाको उच्चतम गति र केवल ६.६ सेकेन्डमा ०-१०० किमि प्रतिघण्टाको रोमाञ्चक एक्सेलेरेशनबाट गति उत्साहीहरू रोमाञ्चित हुनेछन् जसले यसलाई शहरी यात्रा र राजमार्गको साहसिक यात्रा दुवैको लागि एक उत्तम साथी बनाउँछ।
उन्नत डिजाइन र प्रविधि
आफ्नो पूर्ववर्तीको विरासतलाई अगाडि बढाउँदै डीपल एस०७एलमा बोल्ड र परिष्कृत डिजाइन रहेको छ। यसका मुख्य विशेषताहरूमा फ्रेमलेस ढोका, २० इन्चको अलोय ह्वील, क्वालकम स्न्यापड्रागन ८१५५ चिपद्वारा सञ्चालित १५.६ इन्चको टचस्क्रिन, अगमेन्टेड रियालिटी (एआर) हेड–अप डिस्प्ले, जेस्चर कन्ट्रोल, वेलकम सिट, डीएएस २.५ र अन्य धेरै कुराहरू समावेश छन्।
एमएडब्लू वृद्धिले १५ दिनकोे लागि मात्र ८१.९९ लाख रूपैयाँको परिचयात्मक मूल्यमा डीपल एस०७एलका लागि विशेष अफर घोषणा गरेको छ। यस अवधिपछि मूल्य बढेर ८४.९९ लाख रूपैयाँ हुनेछ।
डीपल टेस्ट ड्राइभ क्याम्प्प
डीपल एस०७एलको सुरूआतको अवसरमा एमएडब्लू वृद्धिले माघ ५ देखि १२ गतेसम्म शोरूममा टेस्ट ड्राइभ अभियान सुरू गर्दैछ। अभियानमा ८१.९९ लाख रूपैयाँको परिचयात्मक मूल्य, उत्कृष्ट रिकन्डिशन हाउसहरूबाट उत्कृष्ट एक्सचेन्ज मूल्य, निःशुल्क सडक कर, निःशुल्क अटो प्लस बीमा र निःशुल्क ७ किलोवाट चार्जर समावेश छ।