माछापुच्छ्रे क्यापिटलले लिटिल एन्जल्स कलेजमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ। माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
माघ ३ गते हात्तिवन, ललितपुरस्थित लिटिल एन्जल्स कलेजमा सम्पन्न उक्त कार्यक्रममा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुका साथै क्यामपसका कर्मचारीहरु तथा शिक्षकलाई शेयर बजारको प्राविधिक विश्लेषण सम्बन्धी प्रशिक्षण तथा यसको प्रभावकारीताको बारेमा जानकारी तथा साक्षरता प्रदान गराइएको छ ।
क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सवको उपलक्षमा माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी ९मर्चेन्ट बैंकर० कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।