विराट एक्स्पो २०२५: विद्यार्थीहरुकालागि करिअर काउन्सेलिङ पेभिलियन
विराटनगर । माघ दोस्रो सातादेखि विराटनगरको डिग्री क्याम्पस मैदानमा हुने आठौ सस्करणको विराट एक्स्पोले औधोगिक र व्यवसायीक प्रवद्धन मात्र गर्ने छैन । एक्स्पोले औधोगिक र व्यवसायीक दक्ष जनशक्तिको उत्पादन देखि रोजगारीका लागि विदेश जाने तयारीमा रहेका शैक्षीक जनशक्तिलाई स्वदेशमै रोकेर रोजगारीका अवसर सृजना गर्ने प्रयत्न गर्ने छ ।
त्यसकालागि उद्योग संगठनले एक्स्पोमा विद्यार्थीहरुकालागि करिअर काउन्सेलिङ पेभिलियनको व्यवस्था गरेर एक्स्पो अवधिभरमा करिव २५ सय विद्यार्थीलाई करिअर काउन्सेलिङ गर्ने लक्ष्य राखेको छ ।
त्यती मात्र नभएर शिक्षीत जनशक्तिाकालागि एक्स्पोले उद्यमशिलताको इकोशिष्टम प्रवर्धन गर्ने उद्देश्यले व्यवसायीक विकासका सबै सेवाहरु, बिटुबि, बजार, प्रविधि, गुणस्तर, मानव श्रोत र सिपका साथै साना घरेलु कृषि उद्योग लगायत सबै प्रकारका बिषयहरु समेटिएको यस एक्स्पोमा विद्यार्थीहरुका लागी गाईडेड टुरको व्यवस्थापन गरेको छ ।
एक्स्पोले विशेष गरेर विद्यार्थीहरुकालागि बिटुबि पेभिलियन र यस अन्तरगतका विभिन्न कार्यक्रमहरु, स्टार्टअप पेभिलियनमा रहेको भिजन कोशी ह्याकाथन, रोजगार कोशी पेभिलियनमा रहेको करिअर काउन्सेलिङ, श्रमको माग र आपूर्तिकको श्रृङ्खला बुझाउने कक्ष, जब ब्रिज, लाइभ तालिम अवलोकनका बारेमा छुट्टा छुट्टै छलफल तथा जानकारी गराउने छ ।
त्यसैगरि, डिजिटल पेभिलियनमा भएका नविनतम प्रविधिहरु, उद्योग कृषि पर्यटन सेवा लगायतका उत्पादन वस्तु तथा सेवाहरुका बारेमा जानकारी तथा अवलोकनको अवसर प्रदान गरिने छ । हरेक पेभिलियनमा रहेका कर्मचारीहरुले आवश्यक जानकारी गराउने छन भने हरेक दिन बिशेष आकर्षकका रुपमा सम्बन्धीत क्षेत्रका विज्ञहरुलाई आमन्त्रण गरि साक्षात्कार गर्ने तथा प्रवचन समेत गराईने छ ।
प्लस टु र त्यो भन्दा माथी अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरिएको यस कार्यक्रम अन्तरगत प्रत्येक दिन ५ वटा कलेजका प्रति कलेज ५० जना विद्यार्थीहरुको समुहलाई सम्बन्धीत कलेजले सहभागी गराउन आब्हान एक्स्पोले गरेको छ । हरेक दिन बिहान १० बजेदेखि १२ बजेसम्म दैनिकरुपमा सञ्चालन हुने यस कार्यक्रममा एक्स्पोले प्रवेश निशुल्क गर्ने छ । एक्स्पो अवधीभर २५ सय विद्यार्थीलाई करिअर काउन्सेलिङ गरेर स्वदेशमै रोजगारी गर्न आकर्षित गर्ने आयोजक उद्योग संगठनको लक्ष्य छ ।