सुन र चाँदी दुबैको मूल्य बढ्यो
काठमाडौं । माघ २ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला ४०० रुपैयाँ बढेको छ भने चाँदी १० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात माघ १ गते, नेपाली बजारमा यस्तो सुन तोलाको १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो।
अघिल्लो दिन तोलाको १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १० रुपैयाँ बढेर १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ।