समिर खान र स्मारिका ढकालको फिचरिङमा ’प्यार की दस्तान’ सार्वजनिक

विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक भएको छ । विशाल सिंह र अशोक भाटियाको शब्द रहेको गीत भिडियो सहित समिर खान को युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको हो ।
राजेश के एस को सङ्गीत रहेको गीतको भिडियोमा समिर खान र स्मारिका ढकालले फिचर्ड छन् । नेपालका विभिन्न ठाउँमा खिचिएको गीतको भिडियोलाई निशान एस के ले निर्देशन गरेका हुन् । मोडलद्धय समिर खान र स्मारिका ढकाल चलचित्र ज्ञानशास्त्र साथै दजनौं म्युजिक भिडियोमा समेत निकै रुचाइएका कलाकार हुन ।
पछिल्लो समय कला र गला हुनेहरूले आफूलाई सहज हुने भाषा र शैलीमा आफूलाई प्रस्तुत गर्नेको सङ्ख्या बढ्दो छ । यसै बिच विसाल सिंहको ’प्यार की दस्तान’ ले पनि गायकको कला र स्वरलाई न्याय गरेको छन । दिपक गिरी ले खिचेको गीतको भिडियोलाई प्रविण भटटले सम्पादन गरेका छन् ।