शिवम् सिमेन्टको साधारण सभाले पारित ग-यो ९ प्रतिशत लाभाँश वितरण गर्ने प्रस्ताव

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको साधारण सभाले ९ प्रतिशत लाभाँश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ।शिवम् सिमेन्ट्सको आ. व. २०८०।०८१ को बार्षिक साधारण सभा संचालक अध्यक्ष गौरव गोयलको अध्यक्षतामा राष्ट्रिय सभा गृह, प्रर्दशनीमार्ग, काठमाडौंमा सम्पन्न भएकाे हाे ।
कम्पनीको साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूंजी ५ अर्व २ करोड ७० लाख रूपैयाँको ८.५५ प्रतिशतका दरले हुने ४२ करोड ९८ लाख आठ हजार ५०० रुपैयाँ बराबरका १०० रूपैयाँ दरका ४२,९८,०८५ थान वोनश शेयर र उक्त वोनश शेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूंजीको ०.४५ प्रतिशतका दरले हुने २ करोड २६ लाख २१ हजार ५०० रुपैयाँ नगद लाभाँश सहित कुल जम्मा ९ प्रतिशतका दरले लाभाँश वितरण गर्ने प्रस्ताव पारित गरी नवौं बार्षिक साधारण सभा सम्पन्न गरेको हाे ।
कम्पनी संचालक समितिको निर्णयले वार्षिक साधारण सभा समक्ष पारित गर्न प्रस्तावित वार्षिक प्रगति प्रतिवेदन,लेखापरीक्षकको प्रतिवेदन सहितका विवरणहरु पारित गर्ने,आगामी आ. व. २०८१।०८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने समेतका सामान्य प्रस्तावहरु र वोनस शेयर वितरण गरे पश्चात कम्पनीको चुक्ता र जारी पूंजी समेत बृद्धि भई कम्पनीको जारी तथा चुक्ता पूंजी ५ अर्व ४५ करोड ६८ लाख ८ हजार ५०० रुपैयाँ कायम गर्ने समेतका सबै सामान्य र विशेष प्रस्तावहरु पारीत गरी वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।