रवि लामिछानेलाई पुनः हिरासत पठाइयो

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुनः न्यायिक हिरासत पठाउने आदेश दिइएकाे छ। बहस नसकिएपछि उनलाई आज पनि न्यायिक हिरासत पठाइएको हाे।
साेमबार सरकारी वकिल र जोहेरीकर्ता तर्फका वकिलले बहस गरेका थिए । रवि लामिछाने पक्षका वकिलहरुले आज बहस गर्न पाएका थिएनन् ।
भाेलि माघे संक्रान्तिका कारण सार्वजनिक विदा भएकाले रवि साेमबार र मंगलबार नै हिरासतमा रहने भएका छन् । भोलि अदालत नखुल्ने भएकाले बुधबार मात्रै थुनछेकको बाँकी बहस हुनेछ ।