निगमले व्यापारको नयाँ विकल्प खोज्न जरुरी देखिएको छ: उद्योगमन्त्री भण्डारी (भिडियो)
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमले नयाँ कार्य योजनाको खोजी गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रवार नेपाल आयल निगम लिमिटेडको ५५ औं वार्षिकोत्सव समारोहमा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन । उनले नेपाल आयल निगमको हरेक वर्ष व्यापार घट्दो अवस्थामा रहेको भन्दै पेट्रोलियम ग्यास बाहेक अन्य व्यवसायको खोजी गर्नुपर्नेमा जोड दिए ।
उनले निगमले व्यापारको नयाँ विकल्प खोज्न जरुरी देखिएको उल्लेख गरे । उनले ५५ वर्ष पूरा गरेर अर्बको नाफा कमाउने र लाभांश बाँड्ने मात्रै भन्दा पनि आगामी दिनको यात्रामा आउने चुनौति लगायतका विषयलाई लिए नयाँ कुराको खोजी गर्न आवश्यक रहेको बताए ।
मन्त्री भण्डारीले निगमले तेल मात्रै बेचेर मुनाफामा रमाउने कुरा लामो समयसम्म नरहने बताए । उनले पेट्रोलियम पदार्थको विल्कपको सिर्जना भएकाले अब निगमको प्रवन्धपत्रसँग जोडिएका अधिकार क्षेत्रहरुमा पर्ने नयाँ खालको काम खोज्ने कार्ययोजना बनाउन निगम नेतृत्वलाई निर्देशन दिए । उनले नयाँ कार्यको खोजि गरिएन भने तेलमात्रै बेचेर संस्था खुम्चँदै धरापमा पर्न जाने बताए ।
उनले निगमको ग्राफलाई बढाउन आवश्यक रहेको बताए । उनले अत्यावश्यक वस्तुको ढुवानी,व्यवस्थापन,वितरण र व्यवसायीकतामा निगमले सफलता पाएपनि बाहिरबाट हेर्ने दृष्टिकोण फरक रहेको बताए । उनले निगम अत्यावश्यक वस्तुको सेवामा भरपर्दो संस्था भएकाले निगमलाई नयाँ ढङ्गमा लैजान कार्ययाजना बनाउन आवश्क देखिएको उल्लेख गरे । उनले प्रट्रोलियमसँगै जोडिएको एलपीजी ग्यासलाई पनि पाइपलाइनबाट बोटलिङ गरी गुणस्तर र भरपर्दो बनाउने विषयलाई पनि प्रश्ताव चाँडै निर्णय हुने अवस्था रहेको बताए ।
उनले भने,‘ नेपाल आयल निगमको हरेक वर्ष व्यापार घट्दो अवस्थामा छ । व्यापारको नयाँ विकल्प खोज्न जरुरी देखिन्छ । ५५ वर्ष पूरा गरे अर्बको नाफा गर्यौं,लाभांस बाँड्यौं भन्दा पनि आगामी दिनको यात्रामा आउने चुनौति लगायत नयाँ कुराको खोजि गर्नु आवश्यक छ । तेल मात्रै बेचेर मुनाफा कमाएर रमाउने धेरै लामो समय छैन । निगमको प्रवन्धपत्रसँग जोडिएका अधिकार क्षेत्रहरुमा पर्ने नयाँ खालको काम खोज्न वाञ्छनीय ठान्दछु । नयाँ कार्यको खोजि गरिएन भने तेलमात्रै बेचेर संस्था खुम्चिएर संस्था धरापमा पर्न जान्छ । निगमको ग्राफलाई बढाउन आवश्व छ । निगमप्रतिको आम मानिसहरुको बुझाई राम्रो देखिँदैन । अत्यावश्यक वस्तुको ढुवानी,व्यवस्थापन,वितरण र व्यवसायीकतामा सफलता पाएपनि बाहिरबाट हेर्ने दृष्टिकोण फरक पाइएको छ । निगम अत्यावश्यक वस्तुको सेवामा भरपर्दो संस्था हो । निगमलाई नयाँ ढङ्गमा लैजान कार्ययाजना बनाउन आवश्क छ । प्रट्रोलियमसँगै जोडिएको एलपीजी ग्याँसलाई पनि पाइपलाइनबाट बोटलिङ गरी गुणस्तर र भरपर्दो बनाउने विषयलाई पनि प्रस्ताव चाँडै निर्णय हुने अवस्था छ ।’
उनले सरकारले पेट्रोलियम पदार्थमा इथानोल प्रविधिलाई भित्र्याउन खोजिएको बताए । उनले पेट्रोलिय पदार्थमा इथानोललाई मिश्रण गर्ने सरकारको तयारी रहेको बताए ।