‘स्वदेशी वस्तुहरुको प्रयोग’ अभियानका रुपमा चलाउछौँ : उद्योग मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूति मन्त्री दामोदर भण्डारीले स्वदेशी बस्तुहरुको प्रयोगलाई अभियानका रुपमा सञ्चालन गर्ने बताएका छन् ।
फुट् वेयर म्यानुफ्याक्चर्स एसोसिएसन नेपालको २३औँ वार्षिक साधारणसभा लाई सम्बोधन गर्दै उनले उद्यम विकासका लागि स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोग बढाउनुपर्नेमा जोड दिए । केहि समयअघि निर्माण भएको स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशीका राजपत्रका प्रकासित भएपछि स्वदेशी उत्पादनको प्रयोगलाई अभियानका रुपमा सञ्चालन गर्ने उनको प्रतिवद्धता छ ।
मन्त्री भण्डारीले संघ सरकार र मातहतका निकायका साथै ७ ओटै प्रदेश सरकारसंग समेत त्यसका लागि छलफल गर्ने बताए । सबै सार्वजनिक निकायहरुमा स्वदेशी बस्तुको अनिवार्य प्रयोग गरिनेमा उनको विश्वास छ ।
मन्त्री भण्डारीले ‘मेरो देश मेरो उत्पादन’ भन्ने लक्ष्यका साथ व्यवसायीहरुले उत्पादन बृद्धि गर्नुपर्ने बताए । उनले भने “हामीले बिहान उठ्ने बितिक्कै नेपाली टुथपेस्ट र ब्रस प्रयोग गर्न पाउनु र राती सुत्ने बेलामा समेत नेपालमै उत्पादन भएको खानेकुरा खाएर सुत्न पाउनुपर्छ । त्यसैले हाम्रा उत्पादनहरुलाई बृद्धि गर्ने, उत्पादित वस्तुहरुमा गुणस्तरियता कायम गर्ने र विश्व बजारमा निर्यात गरेर पूँजि भित्र्याउनु जरुरी छ ।”
मन्त्री भण्डारीले नेपाल अहिले जुत्ताचप्पलमा आत्मनिर्भर हुनुका साथै फुट् वेयर छिमेकी मुलुकहरुमा निर्यातगर्न सक्षम भएकोमा सुखि व्यक्त गरे । नेपालको उत्पादन बाह्य निर्यात गर्ने विषय सरकारको प्राथमिकतामा रहेको उनको भनाई छ । हाल मात्रै चिन, कोरीया र भारतमा स्वदेशी वस्तुको निर्यात बढाउने फ्रेम सम्झौता भएको उनको भनाई छ । नेपाल र भारत सरकारको सचीव स्तरीय बैठकमा समेत नेपाली वस्तुहरु निर्यातको बिषय प्राथमिकतामा रहेको उनको भनाई छ । उनले स्टार्टअप नीति लागु गरी सहुलियत कर्जा कार्यक्रम लागु गरिएको स्मरण गराउनुभयो । अहिले सरकार व्यवसायीका समस्या समाधान गर्न नीतिगत सुधारमा लागिपरेको मन्त्री भण्डारीको भनाई छ ।
उनले व्यवसायीका मागहरु आवश्यक महत्वपूर्ण मागहरु क्रमसः पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । पुर्वमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विगतमा सञ्चालन हुन नसकेका स्टार्टअप लगायतका कार्यक्रम चलायमान हुनुमा खुसि व्यक्त गरे । उनले वर्तामान सरकार स्थायी सरकारको रुपमा रहेको बताए । उनले आगामी ०८४मा हुने निर्वाचनसम्म सरकार ढुक्क संग सञ्चालन हुने र सरकारको प्राथमिकता आर्थिक विकास रहेकोमा जोड दिए ।