एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा यही मिति २०८१ पौष २५ गते, बिहिबार, त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।
बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा रु.२ अर्ब २४ करोड, निक्षेप रु.२२७.१० अर्ब र कर्जा रु.२०४.६१ अर्ब रहेको छ ।
बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।