आनि छोइङ डोल्माको स्वरमा ‘जिन्दगीको पाठशाला’

काठमाडौं । आनि छोइङ डोल्माको स्वरमा रहेको गीत ‘जिन्दगीको पाठशाला’ सार्वजनिक भएको छ । प्रशासनविद् एवं गीतकार डा.दामोदर रेग्मीको शब्द सिर्जना, कीर्ति न्यौपानेको संगीत, पुरुषोत्तम सुवेदीको एरेञ्ज र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
कृष्णदेव रूपाखेतीको निर्देशन रहेको गीतको भिडियोमा मिथिला शर्माले शिक्षिका र समाजसेवीको भूमिका निर्वाह गर्नुभएको छ । गीतमा सकारात्मक भाव समेटिएको छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।