नेपालको कृषिको विकासका लागि चीनको सहयोग महत्वपुर्ण छ : कृषिमन्त्री अधिकारी
काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा विशेषगरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको प्रचुर सम्भावना भएकाले चीनको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्वपूर्ण हुने बताएका छन् ।
मन्त्री अधिकारीले नेपाल सरकारले अघि सारेको कृषिमा लगानी दशक“ लाई सफल पार्न ठूलो लगानीको आवश्यकता पर्ने र यसका लागि चीन सरकारबाट अवश्यक सहयोग प्राप्त हुने अपेक्षा पनि व्यक्त गरे । फाउन्डेसन अफ ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिज (फाउन्टेन्स) ले, काठमाडौमा आयोजना गरेको आजको बीआरआई ढाँचामार्फत नेपालको पर्यटन र कृषि क्षेत्रको उन्नतिका निमित्त अवसरहरूको खोजी (अनलकिङ्ग अपर्चुनिटिज एड्भान्सिङ्ग नेपाल्स टुरिजम एण्ड एग्रिकल्चर थ्रु द वि आर आइ फ्रेमवर्क ) संवाद कार्यक्रम लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषिलाई आधुनिकीकरण गर्ने, जलविद्युतको विशाल सम्भावनालाई उत्पादनमा बदल्ने, पूर्वाधारको विकासलाई तीव्रता दिने, पर्यटनको सम्भावनालाई साकार पार्ने र यी सबैका लागि जनशक्तिको विकास गर्ने लक्ष्य सरकारले राखेका उल्लेख गर्दै यसको लागि मित्र राष्ट्र चीनको सहयोग र साथको अपेक्षा व्यक्त गरे ।
मन्त्री अधिकारीले सन २०२३ को डिसेम्वर १८ देखि ३० सम्म चीनमा भएको नेपाली सांसदहरुको कार्यशाला गोष्ठीमा नेपाली प्रतिनिधी मण्डलमा आफू पनि सहभागी भएको र त्यस क्रममा कुईयाङ्ग प्रान्तको वेन्जिङ्ग गाउँमा स्ट्रवेरी फार्मले प्रभावित पारेको पनि वताए । नेपाल र चीन विच कृषि क्षेत्रमा भए गरेको सहकार्य मार्फत दुबै देशले लाभ लिन सक्ने र यस्को कार्यन्व्यन वाट नेपालको कृषि उपजले चीनको बजार सम्म पहुँच कायम हुने विश्वास ब्यक्त्त गर्नुभयो । चीन र नेपाल सरकार बिच कृषि, पशुपन्छी तथा मत्स्यपालनको क्षेत्रको समझदारी पत्रमा सन २०२३ मा हस्ताक्षर भएको थियो ।त्यस्तै नेपालबाट औषधिजन्य वनस्पति निर्यात गर्नको लागि फाइटोसेनिटरी प्रोटोकलमा पनि हस्ताक्षर भएको छ । त्यस्तै नेपालबाट सुन्तलाजातका फलफूल निर्यात गर्नको लागि फाइटोसेनिटरी प्रोटोकलमा नेपालको कृषि विभाग र चिनको भन्सार प्रशासन बीच ३० अक्टोबर २०१९ मा हस्ताक्षर भएको थियो। नेपालबाट चीनमा हाईलेज निर्यातको लागि सुरक्षा र स्वास्थ्य अवस्था सम्बन्धी प्रोटोकलमा दुई सरकारबीच हस्ताक्षर भएको छ र निर्यातको सुरुवात पनि भएको छ ।
नेपालबाट चीनमा थर्मल प्रशोधित भैसीको मासु निर्यात गर्ने सम्बन्धमा पनि हस्ताक्षर भएको छ यसले अव नेपालबाट चीनमा थर्मल प्रशोधित भैसीको मासु निर्यात गर्ने बाटो खुलेको छ भने व्यवसायिक राँगा भैसी पालनको संभावना पनि बढेको छ । औषधिजन्य वनस्पति निर्यातको लागि जनवादी गणतन्त्र चीनको भन्सार प्रशासनसंग समन्वय भएको छ भने याक र चौरीको नश्ल सुधार तथा मूल्य श्रृखँला प्रवद्र्धन गर्नको लागि चीन सरकारसंग अनुरोध गरिएको छ । हालै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा जारी संयुक्त बक्तव्यमा उल्लेख भएको कृषि औद्यौगिक प्रदर्शनी पार्कको लागि पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट प्रारम्भिक अध्ययन सुरु भएको छ ।
कृषि औद्यौगिक प्रदर्शनी पार्क स्थापना र संचालनको लागि यस अघि नै चीन सरकारलाई नेपालले अनुरोध गरेको थियो । हिमाली क्षेत्रमा निर्यातमुखि व्यवसायिक आलु तथा तरकारी, याक, चौरीको नश्ल सुधार, भेडाको नश्ल सुधार, पशुपन्छी स्वास्थ सुधार तथा सवलीकरण र वहुकार्यात्मक प्रयोगशाला स्थापना तथा स्यानीटरी फाईटोस्यानटरीको क्षेत्रमा क्षमता विकास सम्बन्धि आयोजनाहरुमा सहयोग तथा सहकार्य गर्न ५ वटा अवधारणा पत्रहरु नेपालले चीन सरकार समक्ष २०२३ मा पेश गरेको छ ।
यी आयोजनाहरु संचालन गर्न सकेमा दुई देश विचको कृषि क्षेत्रको सहकार्यमा थप ईटा थपिने आशा मन्त्री अधिकारीले लिएका छन् । कृषि प्राविधिकहरुलाई चीनमा तालिमका लागि पठाउने , दुई देश विच भएको समझदारी पत्र र अन्य विषयहरुमा संयुक्त कृषि कार्यदलको बैठक आयोजना गरी थप प्रभावकारी कार्यान्वयन गर्ने सम्भावना रहेको मन्त्री अधिकारीले उल्लेख गरे ।
कृषि क्षेत्रको विकासका लागी नेपालमै हाईव्रिड विउविजनहरुको उत्पादन उन्नत जातहरुको आदान प्रदान, जैविक विषादीहरुको उत्पादन, मिश्रित रासायनिक मलको उत्पादनको क्षेत्रमा चिनिया लगानी र प्रविधि निकै महत्वपूर्ण हुने अपेक्षा पनि मन्त्री अधिकारीले व्यक्त गरे ।