जस्मिन पेन्ट्सको प्राथमिक शेयर निष्काशनको लागि बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले प्राथमिक शेयर निष्काशनको लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले पाँच करोड रुपैयाँ बराबरको पाँच हजार कित्ता शेयर निष्काशन गर्न लागको हो ।
यसका लागि जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
जस्मिन पेन्ट्स लिमिटेड मनकामना समुह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो जसले विगत ३० वर्ष देखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोवार र बजार विस्तार गर्दै आईरहेको छ ।