नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा लामिछाने चयन

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा पुस १९ गते काठमाडौंमा सम्पन्न भएको छ । सभाबाट आ.व. २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित, आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको कम्पनीले जनाएको छ ।
संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।
साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको संचालक समितिको ११० औं बैठकले लामिछानेलाई सर्वसम्मतिले संचालक समितिको अध्यक्ष चयन गरेको प्रमुख कार्यकारी अधिकृत मनिष घिमरिले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।