सार्वजनिक यातायातको भाडा बढ्यो, अब कहाँ जान कति तिर्नुपर्छ ? (सूचीसहित)
काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । जसअन्तर्गत यात्रुवाहक सवारीसाधनको भाडादर ३.३० प्रतिशतले बढेको छ । यस्तै, पहाडी बाटो भएर सञ्चालन हुने मालवाहक सवारीको भाडामा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.०५ प्रतिशतले भाडा बढेको छ । नयाँ भाडादर आज (पुस २२ गते) देखि नै लागू हुनेछ ।
सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्चबारे गरिएको बजार अध्ययन तथा विश्लेषणका आधारमा भाडा समायोजन गरिएको यातायात ब्यवस्था विभागले जनाएको छ ।
।