एकैदिन तोलामा २ हजार रुपैयाँले बढ्यो सुन
काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुनको भाउ १ लाख ५१ हजार ५०० रुपैयाँ रहेको थियो ।
यता, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १८ सय १० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १७ सय ९० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६६२ डलरमा र चाँदी प्रतिऔंस २९ डलरमा कारोबार भइरहेको छ ।