एभरेष्ट बैंकद्वारा फिदिम र फुङलिङमा शाखा विस्तार
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पाँचथर र ताप्लेजुङमा आफ्नो शाखा विस्तार गरेको छ । बिहिवार पाँचथरको फिदिम नगरपालिका वडा नं. १ मा १३०औं शाखा र शुक्रवार फुङलिङ नगरपालिका ४ मा १३१औं शाखाको शुभारम्भ कार्य भएको छ ।
कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकलाई अत्याधुनिक दीगो र विश्वासिलो बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ शाखा विस्तार गरिएको हो । यी दुई शाखाको सञ्चालन पश्चात कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगको छ । यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जालमार्फत आफ्नो सेवा विस्तार गर्न सम्पूर्ण ग्राहकलाई सहज हुने विश्वास बैंकले लिएको छ ।
पञ्जाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् ।
देशैभरी छरिएर रहेको आफ्नो १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ् सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व सङ्लनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।