सिद्धार्थ बैंकको ‘प्लाटिनम क्रेडिट कार्ड’ सञ्चालनमा, के के छन् सुविधा ?
काठमाडौं । सिद्धार्थ बैंकले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
कार्डलाई बिहीबार त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को खेल समाप्तिपछि सोही मञ्चबाट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दरप्रसाद कँडेलले सार्वजनिक गरे ।
प्लाटिनम क्रेडिट कार्य भिसाद्वारा जारी गरिने विशिष्ट श्रेणीको कार्ड हो ।
कार्डका सुविधाहरू :
प्लाटिनम क्रेडिट कार्ड लिने ग्राहकहरूले वर्षमा दुई पटकसम्म एयरपोर्ट लङ्गमा निःशुल्क प्रवेश पाउने
ग्राहकहरूले कार्डको प्रयोग गरी ४५० भन्दा बढी यूएनओ मर्चेन्टमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने
यो कार्ड प्राओरिटी बैंकिङ कार्डको रूपमा प्रयोग गर्न सकिने र उक्त कार्ड प्रयोग गर्ने ग्राहकले बैंकिङ सेवामा प्राथमिकता पाउने
प्लाटिनम क्रेडिट कार्ड नेपाल, भुटान र भारतमा प्रयोग गर्न सकिने
उक्त कार्डका लागि सुरुवाती ३ महिनाभित्र आवेदन दिने ग्राहकहरूलाई निःशुल्क अन्तर्राष्ट्रिय ट्राभल कार्ड समावेश गरिएको बैंकले जनाएको छ ।
प्लाटिनम क्रेडिट कार्डले ग्राहकहरूलाई विशेष प्राथमिकता दिने, उच्चस्तरीय सुविधा प्रदान गर्नुका साथै प्रयोगकर्ताको जीवनलाई सहज र व्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ ।