भारत मोविलिटीमा नाडा टोली सहभागी हुने
काठमाडौं । भारत मोविलिटी नेपाली अटोमोबाइल व्यवसायी सहभागी हुने भएका छन् । भारत मोविलिटीका सन्दर्भमा नेपालस्थित भारतीय दुतावासका प्रमुख वाणिज्य सचिव सुमन शेखरको प्रमुख आतिथ्यतामा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुबीच काठमाडौंमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो क्रममा नाडाले भारत मोविलिटीमा सहभागी हुने जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डियाका तर्फबाट पल्लवी साह, सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चर्स (सीयाम)का तर्फबाट देवासिस मजुमदर तथा नाडाका अध्यक्ष करण चौधरीबीच ‘रोड्स शो अन भारत मोविलिटी ग्लोवल एक्स्पो’को सम्बन्धमा विस्तृत अन्तरक्रिया भएको नाडा महासचिव सुरेन्द्रकुमार उप्रेती (सुरेश) द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अन्तरक्रियामा नाडाका अध्यक्ष चौधरीले नेपालको अटोमोवाइल क्षेत्रका विविध पक्षहरुका सम्बन्धमा चर्चा गर्दै नेपालको अटोमोवाइल क्षेत्रको प्रवर्द्धनका लागि भारतको सहयोग अपरिहार्य भएको बताए ।
२०२५ जनवरी १७ देखि २२ सम्म सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चस (सीयाम) को पहलमा भारतको नयाँ दिल्लीको भारतमण्डपम, यसोभूमिद्वारीका र ग्रेटर नोइदामा भारत मोविलिटी अन्तर्गत अटो एक्स्पो-दि मोटर शो २०२५ हुनेछ ।
कार्यक्रममा नाडाको तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समितिका सदस्यद्वय कपिल शिवाकाटी, यमुना श्रेष्ठ, प्रकाश कपुरी, ऋद्धि कार्की, दिपेन्द्रकुमार मिश्रा, मेघराज पौडेल, निलमणि पाठक, अभिक ज्योती, दीपकराज गिरी, नविनकुमार पारख र नारायणप्रसाद पौडेलको उपस्थिति थियो ।