टेलिकमको लोगो प्रयोग गरी सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भयो : टेलिकम

काठमाडौं । नेपाल टेलिकमले टेलिकमको लोगो प्रयोग गरी सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भैरहेको सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।
‘नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु. ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भनी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भैरहेको प्रति ध्यानाकर्षण गराएको हो ।
टेलिकमले प्रेस विज्ञप्ति जारी गर्दै सबैजनालाई सचेत रहन आग्रह गरेको छ ।
साथै कम्पनीको आधिकारिक ब्लु टिकसहितको फेसबुक र एक्स (पूरानो ट्वीटर) लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा बारेमा अद्यावधिक हुन पनि आग्रह गरेको छ ।