मुक्तिनाथ विकास बैंकले लाभांश नदिने

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश नदिने भएको छ । यस बैंकको पुस १ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ । मुक्तिनाथले आर्थिक वर्ष २०७९–८० मा १०.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।