मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले ७.८९४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले २०८०–८१ को नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढ्नेछ । आर्थिक वर्ष २०८९–८० को नाफाबाट भने कम्पनीले लाभांश वितरण गरेको थिएन ।