क्रिकेट लिजेन्ड ब्रायन लाराले गरे डिपलको ब्याटमा हस्ताक्षर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा नेपालमा फ्युचरिस्टिक कार डिपलको आधिकारिक वितरक चाङ्गान नेपालले क्रिकेट लिजेन्ड ब्रायन लाराको सम्मानमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
याक एन्ड यती होटलमा आयोजित कार्यक्रममा क्यानका पदाधिकारी, एनपीएलका टिम सञ्चालक, क्रिकेटर तथा डिपलका ग्राहकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
क्यानका सचिव तथा डिपल ईभीका ब्रान्ड एम्बासडर पारस खड्का, नेपालमा डिपल मालिक विष्णुकुमार अग्रवाल लगायतको उपस्थितिमा लाराले डिपलको क्रिकेट ब्याटमा हस्ताक्षर गरेका थिए ।
लाराले क्रिकेट होस्ट एन्ड्रयु लियोनार्डसँग क्रिकेटप्रतिको आफ्नो लगाव र अविस्मरणीय कथा साझा गरेका थिए ।
कार्यक्रममा सहभागी एनपीएलका क्रिकेटर लगायत सहभागीले ब्रायन लारासँग उनको विरासत र क्रिकेट करियरका बारेमा कुराकानी गरेका थिए।
नेपालमा बढिरहेको क्रिकेट उत्साहलाई मनाउन र जारी एनपीएलको प्रवर्द्धन गर्न उपस्थित लाराको सम्मानमा कार्यक्रम आयोजना गरिएको हो ।
लाराले दीर्घकालीन सम्झना र वर्षौंसम्म सम्झिने भावनात्मक सम्बन्धको चिनो स्वरूप डिपल क्रिकेट ब्याटमा हस्ताक्षर गरेका थिए ।