सुनको मूल्य सामान्य बढ्यो

काठमाडौँ । पुस १ गते, सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य स्थिर छ । आज चाँदीको कारोबार आईतबार कायम मूल्यलाई नै आधार मानेर हुने भएको हो । चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भईरहेको छ ।